Skip to content

न त मेरो साथ मेरै कुनै अंग हुन्छ

SuryaChemjong


न त मेरो साथ मेरै, कुनै अंग हुन्छ
कलेजी त भनुँ भने, तिमीसँग हुन्छ

रातभरि चन्द्रमाको, रुप हेर्नेहरू
जस्ले तिम्रो रुप हेर्छ, ऊ नै दंग हुन्छ

तिमी मेरै हुँदा खेरी, सुस्त छुँदा खेरी
कता-कता दिलमा, बेग्लै उमंग हुन्छ

बिपनीमै बात गरौँ, मुलाकात गरौँ
सपनीमा आयौ भने, नीद भंग हुन्छ

ईन्द्रेणीको खोजी छोड, यतै कतै हेर
सूर्यभित्र किरणमा, सातै रंग हुन्छ

2 thoughts on “न त मेरो साथ मेरै कुनै अंग हुन्छ”

  1. Na ta mero sath merai,kunai
    Na ta mero sath merai,kunai aanga hunchh
    kalijo ta bhanchhau bhani,timi sanga hunchha’ wow surya ji babal chha tapaiko gajal…

  2. ठिस बुढा

    सूर्य चेम्जोङसरको ईन्द्रेणी र सात रंग
    गज्जव !
    गजलमा खोट छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *