चारैतिर फुल्यो मेरो, सङ्ग्लो जवानी
हिमालमा जन्मिएकी, म त कान्छी नानी
पहाडकी रानी म, सुन्दरताकी खानी
फूल छाडी पछि-पछि, लाग्छ भवँरा नि
जस्ले मलाई हेर्छ ऊ, बन्छ पानी पानी
हिमालमा जन्मिएकी, म त कान्छी नानी
नशा नशा कोशी बग्छ, हृदयमा गंगा
सगरमाथा शिर हो, छाती कञ्चनजंगा
ठुली भएँ उमेर भो, छैन अब सानी
हिमालमा जन्मिएकी, म त कान्छी नानी
हाल—दूबई, यु.ए.ई


सूर्य चेम्जोङको कान्छी नानी …
नमस्कार सबैलाई,
गितिकविता मन पर्यो ।
फोटोवालि चिटिक्क परेकि … फिल्ममा आईटम सँगको लागि गज्जब हुनेछ ।
“ठुली भएँ उमेर भो, छैन अब सानी”, वाह रे वाह !
गज्जब !
🙂
शुभसमय हजुरलाई ।
बाई !