Skip to content

शरण आँसु

गीतहरू

म मौन छु,
मेरो मौनताभित्रका
गीतहरू तिमीले
गाउनू प्रिय !

कसैले कहिल्यै नगाएको
टाँकिका फूलहरूको गीत गाउनू ।
सुश्क प्राय: र सीमान्त –
खरबारी पाखाहरूको गीत गाउनू ।

ऊ र म

अलिकति
लालित्य चोरेर मिर्मिरेको
दिनभर हाँस्छे ऊ घामसँगै
समय यात्रामा ।

अलिकति फूलको रङ,
अलिकति जुनको रुप
चोरेर निदाउँछ उसको सपना –
इन्द्रेनी आँखामा ।

दिन ढल्नेछ अनि सुरु हुनेछ रातको कुरा

दिन ढल्नेछ अनि सुरु हुनेछ रातको कुरा
हुनेछ मायाको नाममा प्रशस्त-मातको कुरा

मान्छेहरूसितै यो सहर पनि मदहोस हुनेछ-
अनि हुनेछ निर्घात प्रतिघात र घातको कुरा

20130928_SharanAansu_01

‘चितवनका कवि र कविता’ कृतिको लोकार्पण तथा संरक्षण कविता आन्दोलनको ५७ औं शृंखला सम्पन्न

संरक्षण कविता आन्दोलन कविताको माध्यमबाट संरक्षण चेतना अभिवृद्धि गराउने नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । आफ्ना सर्वकालिक र सार्वभौमिक उद्देश्यहरूका कारणहरूले यो आन्दोलन कुनै समय, सन्दर्भ र स्थान विशेषमा सीमित छैन अनि कुनै उद्देश्य पूर्ति भए पछि टुंगिने भाषिक अभियानहरूभन्दा यो पृथक छ र वीजको आन्दोलन माटोमा चले झैं निरन्तर चलिरहने यो आन्दोलन कुनै वाद या परिवेश र परिस्थितिको आयतनमा अटाउँदैन।

sarokar

सरुभक्त सरोकार केन्द्रको दशौँ स्थापना दिवसको कार्यक्रम सम्पन्न

नेपालीहरुको साँस्कृतिक पर्व तीज अर्थात भाद्र कृष्ण प्रतिपदा नेपाली साहित्याकाशका उज्वल नक्षत्र सरुभक्तको जन्मदिन हो | आज २०७० भदौ २३ गते ५९ औं जन्मदिनको पावन अवसरमा सरुभक्त सरोकार केन्द्र नेपालले वहाँप्रति जन्मदिनको शुभकामना अर्पण गर्दै आफ्नो १० औं वार्षिकोत्सवको कार्यक्रम सम्पन्न गरेको छ |

मेरो गाउँ

घंगारुको लौरो टेकेर
घैयावनको उकालो चढ्दै जानुस्
तपाईं मेरो गाउँमै पुग्न सक्नुहुनेछ ।

क्लान्त छ – मेरो गाउँ
तर
तपाईंको मनलाई यसले
शान्त बनाउँछ ।

मेरो गाउँको बाटो

मेरो कौसेरीको ठाडो उकालो
जति म उक्लन्छु
उति उक्लन्छ ।

तर म हरेक यात्रामा
मेरा सम्पूर्ण चेस्टाहरूले
बौंडाइ भीरको थाप्लोमा टेकेर
मेरो विजयी नाकको पसिना पुछदछु ।

मन दुख्छ

नेपाली
नीलिमाहरूको
नीलो नदी र
त्यसको नियतिको
गीत लेख्दा मन दुख्छ ।

म र म जस्ताहरू
बैशको तरंगले नछोएका रारा र सर्वहाराहरू
फुल्दाफुल्दै ओइलाएका भुइँफूलहरू-
जसको सपनाको बेजो छैन र
बेघर छ तिनको धरोहर,
तिनैलाई सम्झेर
गीत लेख्दा मन दुख्छ ।

आत्मअस्वीकृतिका हरफहरू

म लामो पच्याङ बाटो हिंड्न चाहन्छु
मेरो निम्ति –
बाटाहरू छोंटिएर मेरो तगारो नजिकै आइपुगेको मलाई मन पर्दैन ।
म अग्लो हिमाल उक्लन चाहन्छु
मेरो निम्ति –
हिमालहरू होचिएर मेरै देउराली डाँडा भएको मलाई मन पर्दैन ।।

अँध्यारो उज्यालो

सबेरै
उज्यालो लिएर आउने
चराहरूको चिरविर बोलीमा
कसले अलिकति अँध्यारो मिसाई दियो हँ ?

अघिल्ला दिनहरूकोभन्दा सुमधुर,
सुललित अनि सुस्पष्ट
चिर्विराहटको अभ्यास गर्दै
चराहरू आकासका वर्गीकृत
मोर्चाहरूमा तैनाथ छन् ।

एटलसको पानामा मेरो देश


एटलसको पानामा
मेरो देश
हेरिरहन्छु ।

मल्वाडाहरूमा तल्वाडाको
पानी मिसिंदा
खुसीले बजेको शहनाई
अनि
खुसीले बगेको कर्णालीलाई
सलाम गर्छु – म ।

रहस्योद्घाटन

सुख दु;खको जीवनचक्रमा
नघुमेका यी
प्लास्टिकका फूलहरू-
सेतो गुलाफको फूलभन्दा
उज्जर देखिन्छन् ।

पेटमा दया नभएको
भुइँकुहिरो
मायाले भरिएको बादलभन्दा
सुरुप देखिन्छ ।