Skip to content

शरण आँसु

रमोल्ला देवी र मोनालिसा

ऐलानी जग्गा,
ऐलानी मन, ऐलानी भविष्य –
रमोल्लादेवी कोइरीको अनुहारमा
पढ्न सकिन्छ ।

उसको बस्तीमा रहरको सूर्य
पूर्वबाट उदाउँछ,
पूर्वमै अस्ताउँछ ।

20130122_SharanAansu_News-02

संरक्षण कविता आन्दोलनको ५६ औं शृंखला गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न

संरक्षण कविता आन्दोलन नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । नेपाली माटोमा उत्पादित यो आन्दोलन विश्व साहित्याकाशमा नै विशिष्ट स्थान राख्ने कविताको मौलिक आन्दोलन र नेपाली भाषीहरूको गौरवपूर्ण पहिचानको रुपमा स्थापित भएको छ । सर्वकालिक र सार्वभौमिक उद्देश्यहरूका कारणहरूले यो आन्दोलन कुनै समय, सन्दर्भ र स्थान विशेषमा सीमित छैन अनि कुनै उद्देश्य पूर्ति भए पछि टुंगिने भाषिक अभियानहरू भन्दा यो पृथक छ । वीजको आन्दोलन माटोमा चले झैं यो पनि निरन्तर चलिरहने आन्दोलन हो ।

अजम्बरी प्रेमको प्राक्कथन

मेरो प्रेमको एषणा चराहरूको गीतमा सुनें
अनि ती गीतका गेडीहरू –
तिमीलाई सुनाएँ ।

तिम्रो अनुहारमा प्रेमका खातिर –
प्रेम बग्न थाल्यो ।
तिम्रो आँखामा गीतका खातिर –
गीत बग्न थाल्यो ।
सायद तिमीले स्पष्ट बुझ्यौ –
अवोधगम्य र अवचेतन, मौन आवाजका अर्थहरू ।

SharanAansu

मेरो राष्ट्र छैन

टोर्पेड़ोहरूले ठुँगेर नीलो आकाश
रगताम्मे बनाउँछ,
म त्यै रगतमा राष्ट्रियता खोजिरहन्छु ।

अर्थोडोक्स विचारको बन्दी हुन्छ –
कलिलो समय ।
म यसको जिगीशाका पिङहरूमा
मच्चिरहन्छु।

विपनाहरुको उदघोषण

अविश्वासहरूको वीचबाट
म मेरा विश्वासहरूलाई सम्बोधन गरिरहेछु ।
शुन्यताहरूमा उभिएर
पूर्णताहरूको उदवोधन गरिरहेछु ।

खुशीका सिम्फोनी-तालहरूमा
सन्तप्त हृदय डुबाएर –
अचेल म
काँडामा उभिंदै फूलको गीत गाइरहेछु ।
पानीमा रुझ्दै घामको गीत गाइरहेछु ।

सीमान्त यात्रा

आवाज बोकेर आएका मेघहरू खै ?
सौम्य सौदामिनीका बेगहरू खै ?
भेट्नु थियो तिनीहरूलाई –
तिनका सीमान्त यात्राहरूमा !

मेघहरूको अन्तरंग मनको कुरा
मनकै किनारमा अल्झियो कि ?
सौदामिनीको उज्यालोमा
धर्तीको महत्ता र महक हरायो कि ?

रातहरू र निरमाया

भयभित भएर हाँस्दै, चिप्लँदै गरेका रातहरू–
अँध्यारोमा अँध्यारो हराए झैं
निरमायाको मनमा हराइरहन्छन् ।

आकाश घोचेर रातहरूले
किन रगतको वर्षा गर्छन् ?
जान्दिन निरमाया ।

जिन्दगीमा धेरै भूल गरियो मन्जरी

जिन्दगीमा धेरै भूल गरियो मन्जरी
उम्रिएला भन्दै नून छरियो मन्जरी !

जतिसुकै हिंडे पनि भिरकुनाको बाटो
उँभो पुग्छु भन्दा उँधै झरियो मन्जरी!

भो,म सपना देख्दिन- मलाई चिथोर्छ त्यसले

भो,म सपना देख्दिन- मलाई चिथोर्छ त्यसले
केस्रा केस्रा जिन्दगीको रस निचोर्छ त्यसले !

कुरूप लाग्छ रात त्यो सपनाले बेरे पछि-
सम्झनाको माछीकाँडे पहाड फोर्छ त्यसले !

प्रेमिल परिवेश

एकै चोटि डढाएर
तिम्रो र मेरो मन
अतृप्त लप्का बढ्दै थियो –
परिस्थितिको /
त्यसैको अदृस्य गुजुल्टोभित्र
एउटा अनौठो परिवेश
खोज्दै थिएँ – म /
तिम्रो प्रेमका हरफहरु
मुटुको भित्तामा जथाभावि
कोर्दै थिएँ -म /

अस्तित्व यात्रा

सीमलको रातो फूल
पाखाभरि फुल्न थाल्छ –
अस्तित्व बोकेर,
अनि मलाई छुन्छ प्रिय !
वसन्त ऋतुले ।
उम्रँदो मकैका बोटहरू
असिना-पानीको निर्मम प्रहार
…सहँदै बढ्न थाल्छन्

कविता

कलमले कागजमा नलेखे पनि
कविता लेखिन्छ ।

चिद्रूप आत्माले
आकाशमा
कविता लेख्दछ ।
मन र महत्ता भन्दा पर
अप्रमेय मनका फाँटहरूमा
ईश्वर कविता लेख्दछ ।