मनभित्रका मनहरु शरण आँसु गद्य कविता by Sharan aansuDecember 21, 2011मनभित्र अनगिन्ति मनहरू मरिरहन्छन् । मनको संघारमा फूल जस्तै मनहरू सुस्तरी झरिरहन्छन् ।
परिचयबिहिन परिचय शरण आँसु गद्य कविता by Sharan aansuDecember 17, 2011प्रिय विशाखा ! मैले तिम्रो उत्पति र उन्नतिको बालुवा चपाएर भोक टारेको युगौं बित्यो,
आवर्तित समय बिम्बहरु शरण आँसु गद्य कविता by Sharan aansuDecember 10, 2011शुष्क मनका धाँजाहरूमा भरिइरहेछन् – आवर्तित समय विम्वहरू । अतीतका कुइनेटाहरूमा अलपत्र स्मृतिपटको सग्लो अक्षर जिन्दगी उपहास लेखिरहेछ ।
पहेंलो घाम शरण आँसु गद्य कविता by Sharan aansuNovember 19, 2011नियात्रा समापन समारोहमा उभिइरहन्छ – पहेंलो घाम : अभिनव प्रेमको उदाहरण ।
प्रक्षेपण शरण आँसु गद्य कविता by Sharan aansuNovember 12, 2011 आकाश ओर्लन्छ आँगनमा- अनि शुरु हुन्छ छिचेमिराको प्रक्षेपण । लघु मस्तिस्कका ज्वारहरूमा तन्मय सपना मडारिन्छ अनि आकाशमार्गमा हराउँछ छिचेमिराको धुमिल धुकधुकी ।
पराय जिन्दगी शरण आँसु गद्य कविता by Sharan aansuNovember 2, 2011सुनकै टुक्रा हो किन्नुस न । बिक्रीमा छ – यौटा जिन्दगी: तपाईंको आफ्नै मूल्यमा ।
आकाशियता शरण आँसु गद्य कविता by Sharan aansuSeptember 24, 20112 Commentsखस्तैन तल, माथि माथि जान्छ- बादल आकाश मार्गमा । मडारिएर बग्छ ऊ अमेरिकी युद्धपोत विमानहरू झैं। मिसिँदै जान्छ ऊ नदीहरू झैं अनि महासागर बनेर भरिँदै जान्छ – आकाश मार्गमा ।
मलाई माफ गर है मेरी कविता शरण आँसु गद्य कविता by Sharan aansuSeptember 18, 2011-मलाई माफ गर है मेरी कविता ! -म सिसिफस’ जिन्दगी उकालो हिंड्दै छु देउताहरूको श्रापले! उकालो तल झर्दैछ – ओझेल पारेर अस्तित्व शुन्यतामा !
सुनिंदैन यो वनमा, कुहूँ कुहूँ बोली अचेल शरण आँसु गजल by Sharan aansuSeptember 1, 2011सुनिंदैन यो वनमा, कुहूँ कुहूँ बोली अचेल मेरी मनकी कोइली कतातिर होली अचेल ! पिएर उसको सुमधुर बोली, रुपै मदिरा- बग्दैन यो छातीमा,आनन्दको खोली अचेल!
नजरभरिको सपना जस्केलामा खसेपछि शरण आँसु गजल by Sharan aansuAugust 29, 20111 Commentनजरभरिको सपना जस्केलामा खसेपछि धर्धरी रुन्छु म देशको सम्झनाले डसेपछि ! बादलपारि देख्छु सधैं नेपालको छाया आएर यी विरानाहरुको सहरमा बसेपछि !
आफैंभित्र तिमीलाई लुकाउन मन लाग्यो शरण आँसु गजल by Sharan aansuAugust 25, 2011आफैंभित्र तिमीलाई लुकाउन मन लाग्यो तिमीतिर हेर्दै नजर झुकाउन मन लाग्यो! पोको पारी राखेको थें’ मुटुभित्र तिम्रो मायाँ तिम्रैअघि त्यो पोको आज फुकाउन मन लाग्यो!
नीलो रात शरण आँसु गद्य कविता by Sharan aansuAugust 16, 2011देशबिहिन देश भएर फहराउँछ मेरो झन्डा! म यो नीलो रातको निरवतामा- न सूर्य देख्छु न चन्द्रमा !
बचाई राख्छौं शान यो शरण आँसु स्वदेश गीत by Sharan aansuAugust 9, 2011बचाई राख्छौं शान यो,स्वतन्त्र हाम्रो निशानको; पूजा गर्छौं स्वदेशको अर्पेर पुष्प सम्मानको! धपक्क पार्दै बस्ती बस्ती सौदामिनी समानको; चिराग बाल्छौं सबै मिली उच्च स्वाभिमानको!
लालित्यको रंग छर्छ हाम्रो प्यारो धौलागिरी शरण आँसु राष्ट्रिय कविता by Sharan aansuJuly 27, 2011लालित्यको रंग छर्छ हाम्रो प्यारो धौलागिरी कोशी टप्पु सुनाउँछ चराहरूको चिरिबिरी ! सजाउँछे-सरुमै रानी, तस्वीर हाम्रो देशको चुरे पर्वतमाला अनि सीमसार मधेसको ! सुनाखरी फुल्ने पाखो, सुनै फल्ने फाँट हाम्रो विर्सेर टाढा भयौं भने रहँदैन ठाँट हाम्रो !
घामपानी, घामपानी शरण आँसु गद्य कविता by Sharan aansuJuly 14, 2011घामपानी घामपानी स्यालको बिहेमा- खेल्छन्-हाम्रा नानीहरू यति यति पानी गंगै रानी! यति यति पानी गंगै रानी!
असमय शरण आँसु गद्य कविता by Sharan aansuJuly 4, 20111 Commentसमयको पखेटा काटेर स्थिर उभिन्छ असमय, अनि घुम्न थाल्छ घडीको सुइको विपरीत दिशामा ! असमयका मान्छेहरू अमान्छेहरूमा परिणत भइसके ! म यो ट्विन’ प्याराडोक्स’ सापेक्षता सहन विवस छु ! (अमेरिकामा सम्पन्न अन्तराष्ट्रिय कविता महोत्सव २०११ मा तृतीय’ भएको कविता)
सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो शरण आँसु गजल by Sharan aansuJuly 2, 2011सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो लेखिएन कतै पनि, नाम ‘रामभगत’मेरो ! जिन्दगीको दियो बल्दै थियो मेरो मझेरीमा मृत्युको तख्ताहरूमा राखिएछ लगत मेरो !
गन्नु पर्छ गणकहरुले शरण आँसु गद्य कविता by Sharan aansuJune 22, 2011टिकुलिया र मैराम्रीहरूलाई कालो अक्षर- भैंसी बराबर! तिनका आँखाहरूमा उर्ध्वगामी फपर्के छनक छैन! पापी समयले निलेको तिनको सपनाका अक्षरहरू एक एक गन्नु पर्छ गणकहरूले !
मनमा छ खहरे, पानी छैन शरण आँसु गजल by Sharan aansuJune 12, 2011मनमा छ खहरे, पानी छैन जान्थें म बगेर, बानी छैन ! यहाँ मान्छे सबै ढुंगा भए कि कसैभित्र मायाँको खानी छैन ! छन् फूल यहाँ सबै फुलेका तर त्यो रातकी रानी छैन !
अभिशप्त समय शरण आँसु गद्य कविता by Sharan aansuJune 4, 2011म त निरीह, निष्प्राण अभिशप्त समय चल्दैन मेरो जोर यो माटोका स्वर्गीय मान्छेसित !