आवाज बोकेर आएका मेघहरू खै ?
सौम्य सौदामिनीका बेगहरू खै ?
भेट्नु थियो तिनीहरूलाई –
तिनका सीमान्त यात्राहरूमा !
मेघहरूको अन्तरंग मनको कुरा
मनकै किनारमा अल्झियो कि ?
सौदामिनीको उज्यालोमा
धर्तीको महत्ता र महक हरायो कि ?
विरुपाक्षका निष्पाप आँखाहरू
मान्छेका पापी आँखाकै चेपहरूमा पो अड्किए कि ?
पर्ख न पर्ख, ए लुटेराहरू हो !
म पनि जानु छ सँगसँगै
फूलहरूको मन लुट्न,
उज्यालोको छाया लुट्न
अनि
जानु छ सँगसँगै –
इतिहासको गर्भका निलिमाहरूमा
हुर्कंदै गरेको भ्रुण लुट्न !
म
स्तब्ध भएर स्वतन्त्रता ओकल्न सक्तिन
निर्वश्त्र भएर सभ्यता उमार्न सक्तिन ।
बाँसुरीका धुनहरूमा
फगत निरोको अनुहार खोज्ने
जडसुत्रबादी राष्ट्रियताको परिभाषा लेख्न सक्तिन !
तथाकथित तपस्वीहरूले
मुसेबेनिका रहरको मुकुल मुद्रामा-
प्रेमको प्रतिरुप एनिमेसन’ युद्ध छेड्न सक्छन् ।
पर्ख न पर्ख ए, चोरहरू हो
म पनि जानु छ – सनसिल्क’ सहरमा –
विकिरणयुक्त ओठहरूको उन्माद चोर्न,
संक्रमित कार्टुनहरूका सडकको दु:ख चोर्न
अनि
अपराधको सब वे’ बाट
भोलिको मिर्मिरे अघि नै
अक्षरबिहिन अभिसन्धिका शब्दहरूको विन्यास चोर्न !
अघाएका चराहरू
मात्र अक्षुणताका अ,आ, इ, ई…गाउँदै रमाउँछन्
तर
भोका र सर्वाहारा धोबिनीहरूको
न आत्मनिर्णय
न प्रदेश, न कुनै देश र सीमा हुन्छ ।
एकै छिन पर्ख न पर्ख ए,
अक्षांशमाथि उडी जाने धोबिनीहरू हो !
न ब्रेक, न स्पिडोमिटर,
न कुनै गुरुत्वाकर्षण –
म पनि जानु छ – सीमान्त यात्रामा
म पनि उड्नु छ – सरिसृप आस्थाहरू उडाएर !!

desh drohi kabta jasto po
desh drohi kabta jasto po lagyo hai , sandhika sabda haru chorna khojnu ramro pakkai haina !!!!
के बि जी, प्रतिक्रियाको लागि
के बि जी, प्रतिक्रियाको लागि धन्यवाद/ सबैको आफ्नो हेराई हो , देशद्रोही भन्दा बिद्रोही र विक्षिप्त नै भनिदिनु भएको भए पनि हुन्थ्यो बरु / भाषामा देश हुँदैन र कुनै देश प्रतिको क्लेश पनि हुँदैन / शब्दमा चाहिं देश र देशप्रतिको क्लेश दुवै हुँदो रहेछ /
शरण आँसु