आफैंभित्र तिमीलाई लुकाउन मन लाग्यो
तिमीतिर हेर्दै नजर झुकाउन मन लाग्यो!
पोको पारी राखेको थें’ मुटुभित्र तिम्रो मायाँ
तिम्रैअघि त्यो पोको आज फुकाउन मन लाग्यो!
एकोहोरो पर्खाइको झरीमा रुझेको जिन्दगी
त्यै झरी पछिको घाममा सुकाउन मन लाग्यो !
खोजेर,कतै भेट्टाएर, चोरेर तिमीलाई –
हजार मूल्य पिरतीको चुकाउन मन लाग्यो!
सुन्दर, शान्त तलाउ जस्तो तिम्रो नयनमा-
फेरि एउटा मीठो सपना रुकाउन मन लाग्यो!
