लालित्यको रंग छर्छ हाम्रो प्यारो धौलागिरी
कोशी टप्पु सुनाउँछ चराहरूको चिरिबिरी !
सजाउँछे-सरुमै रानी, तस्वीर हाम्रो देशको
चुरे पर्वतमाला अनि सीमसार मधेसको !
सुनाखरी फुल्ने पाखो, सुनै फल्ने फाँट हाम्रो
विर्सेर टाढा भयौं भने रहँदैन ठाँट हाम्रो !
हाम्रो प्राण भन्दा धेरै प्यारो छ यो हाम्रो माटो
हिंड्छौं हामी नेपाली समुन्नतिको नयाँ बाटो!
राख्छौं हामी मिलिजुली मान हाम्रो नेपालको
माथि माथि उठाउँछौं निशान हाम्रो नेपालको!
