Skip to content

सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो


सहिद बनेर चढाएँ, यो माटोमा रगत मेरो
लेखिएन कतै पनि, नाम ‘रामभगत’मेरो !

जिन्दगीको दियो बल्दै थियो मेरो मझेरीमा
मृत्युको तख्ताहरूमा राखिएछ लगत मेरो !

आततायीहरूको तातो गोली थापें छातीमा
भयभीत भएर काँपीरह्यो सबै जगत् मेरो !

ख्वामितहरूको शरण परेर बाँच्न सकिन-
माटोको निम्ति मर्नु नै जीत भयो फगत मेरो !

मेरो मृत्युको ज्याला खाएर बाँच्नेहरूलाई-
छैन कि नामथर, घर, ठेगाना अवगत मेरो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *