बचाई राख्छौं शान यो,स्वतन्त्र हाम्रो निशानको;
पूजा गर्छौं स्वदेशको अर्पेर पुष्प सम्मानको!
धपक्क पार्दै बस्ती बस्ती सौदामिनी समानको;
चिराग बाल्छौं सबै मिली उच्च स्वाभिमानको!
हत्केलामा उठाउँछौं नयाँ यूग- निर्माणको
बाटो हिंड़छौं सधैंभरि इमान र जमानको !
नशा नशामा नदी बग्छ अमूल्य बलिदानको;
नेपाल प्यारो प्राणभन्दा सकल हामी सन्तानको!
