Skip to content

सुशील सुब्बा

रातले छलेको जुनकिरी

सुख भोग गर्नेहरूभन्दा दु:ख भोग गर्नेहरूको कथा धेरै हुन्छ । दु:खी त राजाहरू पनि हुने गर्छन् । सुख र दु:ख विश्वव्यापी अनुभव हो । मानवताको कसी हो ।

मेरो घरमा सोलार प्यानल बिग्रेको छ । बिजुली आउँदा वाटर हिटर चलाएर पानी तताउँछु, र एक बाल्टी चिसो पानी मिसाएर डेढ बाल्टी पानीले नुहाउने काम गर्छु । तर आज तातो पानीले नुहाउने साइत जुरेको छैन, कारण लोडशेडिङले गर्दा हो ।

अनिँदो रात

आँखाले तन्तनी
सौन्दर्य पिएर
मातेको छ यो मन
रातभरि बर्बराउँछ
म निदाउन सक्तिन ।
शटर तानेर परेलीको
आँखा बन्द गर्न खोज्छु
मनभरिको कसिङ्गरले
आँखा बिझाउँछ ।

SushilSubba

कवितासंग्रह विमोचन कार्यक्रम

यही २०७१ साल कार्तिक २१ गते (Nov 7, 2014) शुक्रबारका दिन ‘ देश दुखेको बेला’ नामक कवितासंग्रहको विमोचन कार्यक्रम सम्पन्न हुन लागेकोले उक्त कार्यक्रमको सफलताको लागि हजुरको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।

समय : दिउँसो १ः३० बजे देखि
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान (प्रवचन कक्ष –१)

नानीहरूलाई

हेर हेर नानी हो
कलिलो छ मुना यो
मुनाबाटै फुलीफक्री
हाङाबिङा बन्छ यो ।

हिजोआज देखिने
ठूलो बुढो रुख यो
कुनैबेला तिमी झैं
सानु सानु मुना थ्यो ।

हराएको धरहरा

कुनै समय
आफैलाई कति बिघ्न अग्लो लाग्थ्यो
आफ्ना सन्तानहरूलाई
काँधमा चढाएर
चारैतिर रमिता देखाउँदा
नानीहरू रमाउँदै भन्ने गर्थे
बाबा ! तपाई हाम्रो धरहरा

पिलोको दुखाइ

म पूर्व–पश्चिम
लमतन्न ढल्केर बसेको छु
मेरो शरीरभरि
पिलो निस्केको छ
कसैले अलिकता छुदा पनि
कति विघ्न दुख्छ भने
यो पिलो !
आ……हा..हा …हा !

देश दुखेको बेला

भ्रष्टाचार अभियोगको हत्कडी
नेताहरूको हात समाउँदै
कारागारसम्म पुऱ्याइराख्छन्
अनि प…र पुगेर खुइय्य गर्छ
देश दुखेको बेला ।

निर्निमेष हेरिरहेका
स्वयम्भूका दुई आँखाहरू
रगतका आँसु थाम्न नसकी
लोडशेडिङ्‌को अँध्यारो रातमा
चुपचाप चुपचाप रोइबस्छ

देउता–भूत

सबैजनाले उसलाई देउता मान्दथे । उसलाई हेर्दा साथीभाइहरूको मनमा आदर उत्पन्न हुन्थ्यो । दाहिने खुट्टाचाहिँ अलि खन्च्याङ् खन्च्याङ् गर्दै हिड्थ्यो ऊ, तर पनि साथीहरूको आँखा उसको खुट्टामा भन्दा पनि उसको सम्पूर्ण ब्यक्तित्त्वमाथि पर्दथ्यो । उसको मिलनसारपनाले आँखाहरूलाई खुट्टामा होइन तर हृदयको स्वच्छतामा डोर्याउथ्यो। आँखाहरू त मनलाई डोर्याउने वाहकमात्र हुन्थे ।

राज, आज मल्ल सरले पढाउनु भएको पाठ अलिकति बुझाइदेऊ न हौ !

विषय आद्यात्म हो ।

राजले आफ्नो दाहिने खुट्टा दुई हातले हल्का सहारा दिँदै आफ्नो ओछ्यानमा तेर्साउँदै भन्यो –
ऐतिहासिक घटनाक्रमका आधारमा यसलाई हेर्दा नयाँ दृष्टिकोण उत्पन्न हुन्छ ।

पायाप

उता पुगेर उतैबाट यता हेरें
म त कस्तो कस्तो देखिँदो रहेछु !

अहा !
हरियो चौर छु
कसैले पनि नकुल्चेका
शान्त शान्त पोखरी छु
कसैले पनि ढुंगा नफ्याकेका
वरिपरी कारहरू गुडिरहेका
चुपचाप चुपचाप
विना कुनै ट्राफिक पुलिस ।

फूलको ब्यापार

समाचार सुन्दा / हेर्दा
यसपाली फूलको ब्यापारले
धेरै आम्दानी भएको
फूल–ब्यबसायीले बताउँदै थियो ।

फूल चाहिँ
बाध्यताको धागोमा उनिएर
एक पछि अर्को
लाइनका लाइन लागेर
माला बनेर
कसैको गलामा सजिनु पर्दोरहेछ ।

चोकको कथा

म भर्खरै समय
पालुवामा खेल्दै हुर्किदै थिएँ
बुद्धि
हरियो र काँचो
मेरा धानका बालाहरूमा
लहराउदै थियो ।
परिस्थितिहरू
भत्किन लागेका पुलहरू
ममाथि तर्दै थिए ।

म—कविता—म

कविता :
मानिसहरू
भर्खरै सुत्न मात्र लाग्दैछन्
भाले पो बास्छ !
विचरा ओछ्यान
अलमल्ल पर्दै
केही भन्न सक्तैन
सुत्न आउने मान्छेलाई ।

म :
भालेको डाकपछि
सुत्ने मान्छे कस्तो होला ?
सपना पनि देख्ला के त मान्छेले ?

यो माया के हो कुन्नि ?

यो माया के हो कुन्नि विल्दै मन झर्न खोज्छ
कालै भए’नि बादल जल चीसो पर्न खोज्छ ॥

बुढै भए’नि तनमा मन बन्छ उग्र उग्र
देखेर बैंश मनको कालै पो टर्न खोज्छ ॥

पाइन्न टिप्न तारा झुटा छ सारा सपना
बुद्ध छ अहिले फेरी क्रान्ति पो गर्न खोज्छ ॥

भाग्य ?

तराई, पहाड र हिमाल
फेरि,
हिमाल, पहाड र तराई
बीचमा म केही पनि देख्दिन
जे देखिन्न त्यहीँ भाग्य छ

ल्हासा ताकेर दौडेको खच्चर
काँसी आइपुग्छ र ?
२ मा २ जोड
अनि लाटोलाई सोधिहेर
१, २, ३, ४
बीचमा म केही पनि देख्दिन
जे देखिन्न त्यहीँ भाग्य छ

राजनीति

ज–न–ता परिवर्तन चाहन्छ
उफ्रिने घोडाको भनाइ
ज–न–ता परिवर्तन चाहन्छ
उडुस र उपियाको भनाइ
अँ ….. कस्तो लाग्यो परिवर्तन ज–न–ता ?
जङ्‌लतिर फर्कदै गरेको
बाघको भनाइ

ज — न — ता
त— न — जा
ता– ज– न
जा –न – त
न– ता–ज
न–जात
जन

जपनिछैन
तापनिछैन