Skip to content

रामकृष्ण पौडेल अनायास

मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु

  • by

मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
गल्ती मेरो कुनै भए आँसु बगाई नसुक्सुकाउनु,

आफैंलाई थाहै नदिई मनले, तिम्लाई मन पराएछ
यो मन मात्रै यस्तो हो कि तिमी कुरा नलुकाउनु

उमेर छँदै मोज गर जोवन कति लुकाई राख्दछयौ
अँगालो मै राखी माया, गर्नेलाई नचुकाउनु

आन्दोलन र बन्दुक त्याग

  • by

आन्दोलन र बन्दुक त्याग मातृभूमि चर्किएछ
नेपालीको मात्रै होइन देशकै मुटु थर्किएछ,

अस्ति आमा हिजो छोरा बमबारुदले ढल्दा खेरी
शान्ति ल्याउने बुद्धको नि मन आज तर्सिएछ,

जिउदै मान्छे काटेरनै बलिदिन लागे यहाँ
धर्ती सारा रक्ताम्य भो मान्छे काटी छर्किएछ,

सवाल-जवाफ (गजल): किन नजर बिदेश लाउँछौ दाजु

  • by

मातृभूमि छाडी किन नजर बिदेश लाउँछौ दाजु
आमा-बाको माया त्यागी व्यर्थै दुःख पाउँछौ दाजु

यै माटोमा सुन फल्छ किन मोल्छौ तिनका पाउ
आफनै घर उजाडेर कसका छाना छाउँछौ दाजु

गाउँ खेत शुन्यै भाछन् पाखो वारी बाझै रह्यो
रोदी सेलो विर्सिएर कस्ता गीत गाउँछौ दाजु

सवाल-जवाफ (गजल) : स्वदेशमै बस प्यारा

  • by

स्वदेशमै बस प्यारा गुन्द्रुक ढिडो खाउँला ‘बरू’
झुत्रो झाम्रो त्यही सहि रमाउदै आउँला ‘बरू’

नहोस सुख सयल भो, नहुन देउ घर छाउने खर
तिम्रो मेरो प्रीतिले घरको छानो छाउँला ‘बरू’

मेला पर्म गरौंला हुर्किहाल्छन लाला बाला
साथ बसी हासी खुसी रोदी सेलो गाउँला ‘बरू’

सवाल-जवाफ (गजल) : आफ्नै मुल्य थाहा पाउन मनले कर गर्यो

आफ्नै मुल्य थाहा पाउन मनले कर गर्यो
तौलन्छु म तँलाई भन्यो धनले कर गर्यो

महिनाभरि कति कमाइस् बेची तैंले आफूलाई
मेरो मूल्य मलाई बता’ तनले कर गर्यो

एकएक पैसासँग तेरो मोलतोल हुन्छ
तेरो रेट सोध्दै पाखा बनले कर गर्यो

सवाल-जवाफ (गजल) : सक्छौ भने सोध प्रश्न आँखा आँखा जुधाएर

मनभित्रको मझेरीमा तिमी आफैंलाई डुबाएर
सक्छौ भने सोध प्रश्न आँखा आँखा जुधाएर

रामले पनि अविश्वास त गरेके हुन सीतालाई
मनले मान्छ भने सानु हाल अग्नि जलाएर

आफनो ईज्जत आफैंढाकी चोखो बन्नु पर्ने मैले
भैगो सानु झुटो चोखो आफैं हेर फुटाएर

आँखाबाट बर्सिएछ आँसुको यो भेल

आँखाबाट बर्सिएछ आँसुको यो भेल आज
महल पनि उनी विना लाग्न थाल्यो जेल आज

जोडिएको मुटु टुट्दा सपनाको महल फुट्यो
बिछोडिन लेखे रैछ नियतीको खेल आज

दुई घडा सजाएर उन्कैबाटो पर्खी बसें
मिर्मिरेमा आउछु भनि गरिन ठुलो झेल आज

हिजो साथी भन्नेहरू आज दुश्मन भन्दा रैछन्

  • by

हिजो साथी भन्नेहरू आज दुश्मन भन्दा रैछन्
आफनै ठानी बोल्दा पनि टाढा टाढा बन्दा रैछन्

मेरो विश्वास कुल्चिएर जालिमाया गर्नेहरू
माथि होइन तलै झारी दुई कौडी मै गन्दा रैछन

देखावटी जे भए नि मन मुटुले माया गर्थे
आस्था रुपी विश्वास दल्दा आफैंमाथि खन्दा रैछन्

तिमी हाँस जिन्दगीभर पूजा गरी बसौंला म

  • by

तिमी हाँस जिन्दगीभर पूजा गरी बसौंला म
सुख पाउन महल ताक्यौ खरानि नै घसौंला म

यो गरिबको माया अनि तिम्रो सुहाग दाँज्यौ भने
मलाई भन्नु के फरक छ मन बुझाउन हाँसौंला म

यो जुनीमा आफनो भैनौ आँगालोमा ज्यूनु उसको
सँगै मिली सार्यौ पिपल छाडिान भन्दै भाचौला म

तिम्लाई मन पराएछु

  • by

आफैंलाई थाहा छैन तिम्लाई मन पराएछु
लौन खोज्देऊ मेरो मनलाई तिमीभित्रै हराएछु

परेलीले बात मार्छ्यौ हेर्छु एक्लै टोलाएर
देख्दो रैछु सपनीमा बर्बराउँदै कराएछु

पिरतीका बात गरी अंगालोमा रमाउदै
प्रस्ताव राखुँ भने तिम्रो अर्कै छ कि डराएछु

तिम्रो घरको आँगनीमा ती जन्तीका लस्कर देखे

  • by

तिम्रो घरको आँगनीमा ती जन्तीका लस्कर देखे
मायाको रस चुस्यौ अनि अन्तै सिउदो भर्यौ भेटे

जीवन दिन्छु भन्थ्यौ सधै मेरै काखमा विताएर
आज कस्को डोली चढ्यौ, वियोग हेर भनि छेके

दुई घडा कुल्चिएर तिमीभित्र पस्दा खेरी
मोठमा सुताई अमृत ख्वाए, बिगत सम्झी इच्छा मेटे

मेरो घर उजाडेर कस्का घरमा पस्यौ तिमी

  • by

मेरो घर उजाडेर कस्का घरमा पस्यौ तिमी
घरको न घाटको पार्यौ बेहाल हेरी बस्यौ तिमी

माया पाए भन्थे तर पछीबाट छुरा हान्यौ
त्यतिले नि नपुगेर आज फेरि डस्यौ तिमी

तिमीसँगै जिउछु मर्छु भन्ने ठुलो धोको थियो
कात्रो ओढयाई पठाइदियौ चिता मेरो कस्यौ तिमी

बन्द गर्ने पालो माग्छु मेरो टाउको दुख्यो आज

  • by

बन्द गर्ने पालो माग्छु मेरो टाउको दुख्यो आज
यो नेपालको हेर मुहार अर्थतन्त्र सुक्यो आज

ढुंगा मुढा टाएर बाली आउने शान्ति लखेट्दैछन्
भाइ-भाइको द्वन्द्व हेरी बुद्धको शिर झुक्यो आज

हत्या गर्ने परम्परा कहिलेसम्म चल्छ यहाँ
कहिले मान्छे कहिले गैंडा मानवता चुक्यो आज

RamKrishnaPoudelAnayas

सवाल-जवाफ (गजल) : माया छैन पनि भन्छौ, भए जस्तो गर्छौ किन ?

माया छैन पनि भन्छौ, भए जस्तो गर्छौ किन ?
अर्कैसँग बोल्दा मलाई ठुला आँखा तर्छौ किन ?

तिमीजस्ती लाखौं हुन्छन् हजारको त कुरै छाड
त्यसो भन्दै तिमी आखिर मेरै रुपमा मर्छौ किन ?

मलाई पाताल तिम्लाई आकाश दाँज्दै हिड्छौ सधैंभरि
फेरि फर्की तिमी मेरै नजिक नजिक पर्छौ किन ?