आँखाबाट बर्सिएछ आँसुको यो भेल आज
महल पनि उनी विना लाग्न थाल्यो जेल आज
जोडिएको मुटु टुट्दा सपनाको महल फुट्यो
बिछोडिन लेखे रैछ नियतीको खेल आज
दुई घडा सजाएर उन्कैबाटो पर्खी बसें
मिर्मिरेमा आउछु भनि गरिन ठुलो झेल आज
अर्थहिन जिन्दगी भो फूल विनाको हाँगा जस्तै
मनै आज टुर्टेपछि नहुने भो मेल आज
आँखाबाट बर्सिएछ आँसुको यो भेल आज
महल पनि उनी बिना लाग्न थाल्यो जेल आज ।
रामकृष्ण पौडेल –अनयाँस

Nice and serious gazal bhai
Nice and serious gazal bhai ramro6