Skip to content

हिजो साथी भन्नेहरू आज दुश्मन भन्दा रैछन्

  • by


हिजो साथी भन्नेहरू आज दुश्मन भन्दा रैछन्
आफनै ठानि बोल्दा पनि टाढा टाढा बन्दा रैछन्

मेरो विश्वास कुल्चिएर जालिमाया गर्नेहरू
माथि होइन तलै झारी दुई कौडी मै गन्दा रैछन

देखावटी जे भएनि मन मुटुले माया गर्थे
आस्था रुपी विश्वास दल्दा आफैंमाथि खन्दा रैछन्

आफ्नो चाहा मेटाएर दिन रात सधै बसें
आवश्यकता पुगेपछि बोल्दा झर्को मान्दा रैछन्

किन साथ दिन्छु भन्यौ विचमै छाड्नु थियो भनी
पवित्रयो माया त्यागी धनलाई छान्दा रैछन्

रामकृष्ण पौडेल –अनयाँस

Leave a Reply

Your email address will not be published. Required fields are marked *