Skip to content

आन्दोलन र बन्दुक त्याग

  • by


आन्दोलन र बन्दुक त्याग मातृभूमि चर्किएछ
नेपालीको मात्रै होइन देशकै मुटु थर्किएछ,

अस्ति आमा हिजो छोरा बमबारुदले ढल्दा खेरी
शान्ति ल्याउने बुद्धको नि मन आज तर्सिएछ,

जिउदै मान्छे काटेरनै बलिदिन लागे यहाँ
धर्ती सारा रक्ताम्य भो मान्छे काटी छर्किएछ,

त्यो परेवा उड्ने आकाश बमको धुवा भर्दा आज
हाम्रो देशको शान्ति बोकी कुन देशतिर फर्किएछ ,

आन्दोलन र बन्दुक त्याग मातृभूमि चर्किएछ
नेपालीको मात्रै होइन देशकै मुटु थर्किएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *