Skip to content

तिम्लाई मन पराएछु

  • by


आफैंलाई थाहा छैन तिम्लाई मन पराएछु
लौन खोज्देऊ मेरो मनलाई तिमीभित्रै हराएछु

परेलीले बात मार्छ्यौ हेर्छु एक्लै टोलाएर
देख्दो रैछु सपनीमा बर्बराउँदै कराएछु

पिरतीका बात गरी अंगालोमा रमाउदै
प्रस्ताव राखुँ भने तिम्रो अर्कै छ कि डराएछु

मलाई माया गरी हेर बसन्त नै आउछ भन्छु
अलिकति रिसाउँछिन प्रीत गाँस्दै फुकाएछु ।

रामकृष्ण पौडेल –अनयाँस

Leave a Reply

Your email address will not be published. Required fields are marked *