तिम्रो घरको आँगनीमा ती जन्तीका लस्कर देखे
मायाको रस चुस्यौ अनि अन्तै सिउदो भर्यौ भेटे
जीवन दिन्छु भन्थ्यौ सधै मेरै काखमा विताएर
आज कस्को डोली चढ्यौ, वियोग हेर भनि छेके
दुई घडा कुल्चिएर तिमीभित्र पस्दा खेरी
मोठमा सुताई अमृत ख्वाए, बिगत सम्झी इच्छा मेटे
वरिपरि घुम्छ तस्वीर छट्पटीमा सासै जान्न
आगनभरि मलामी छन्, आज आफ्नै गला रेटे
तिम्रो घरको आँगनीमा ती जन्तीका लस्कर देखे
मायाको रस चुस्यौ अनि अन्तै सिउदो भर्यौ भेटे ।
रामकृष्ण पौडेल –अनयाँस
