Skip to content

रामकृष्ण पौडेल अनायास

अब भेट नहुने भो संबिधानको मितिसित

  • by

अब भेट नहुने भो संबिधानको मितिसित
मियो बिनाको यो देशमा के बन्ला र थितिसित ।

कानून बन्ला नेपालमा अनि मुक्ति पाउँछु भन्दै
पर्खिबस्दा नेताहरू खेलवाड गर्छन् नीतिसित ।

क्याम्पस गेटमा बोलाएर मलाई एक्लै राख्यौ

  • by

क्याम्पस गेटमा बोलाएर मलाई एक्लै राख्यौ किन
झुकाएर नजरहरू न बोल्ने भए डाक्यौ किन ।

जुदाउदै आँखाहरू कर्के नजर लाउँदै हिँड्छ्यौ
जवानीको प्यास लाग्यो बल्ल बैँश चाख्यौ किन ।

शान्ति अनि संबिधान नबनाउने भए

  • by

शान्ति अनि संबिधान नबनाउने भए आज
जे गरे नि भा’छ यिन्ले, जनताले सहे आज ।

खिचातानी तँछाड मछाड आफ्नै झोली भर्न मस्त
लात हान्ने नेपाललाई, भ्रष्ट मात्र रहे आज ।

जमरा र रातो टिका बनाएर राख आमा

जमरा र रातो टिका बनाएर राख आमा
एक्लै बस्न सक्दिन म स्वदेशमै डाक आमा ।

रुदै आँसु बगाउँदिहुन, मलाई पनि फर्कुँ लग्छ
बिदेशको महलभन्दा तिम्रो प्यारो काख आमा ।

बाटो हेरी आँसु झार्छिन यादले मुटु जलाएर

  • by

बाटो हेरी आँसु झार्छिन यादले मुटु जलाएर
चिन्ता गरी बस्छिन मेरै आफ्नै शरिर गलाएर

आत्तिएर छट्पटाउदै हिँड्छिन देख्छु सपनीमा
पर्खिएरै बस्छु रुँदै बिछोड्को रात छलाएर

म आँखामा बस्ता तिम्ले बिझायो भन्यौ रे

  • by

म आँखामा बस्ता तिम्ले बिझायो भन्यौ रे
बिझाएरै आँसुले जिउ भिजायो भन्यौ रे ।

होला जातै नमिलेर अनेक कुरा काटेको सुने
मैले त प्रशंसा गर्दा आखिर गिजायो भन्यौ रे ।

सपनीमा आज आफ्नै मलामीको लाम देखेँ

  • by

सपनीमा आज आफ्नै मलामीको लाम देखेँ
बाहिर मेरो नाम अनि बाँधेको एक खाम देखेँ

कता कस्लाई के हुने हो तिमी नै छौ हे प्रभु
ढाकिएको चितामाथि मेरै लास तमाम देखेँ

आमा तिमी

अब आफ्नै परिचय हराउँदैछौ आमा तिमी
घाँटी तिम्रौ निच्योर्या छन कराउँदैछौ आमा तिमी

देश खाने धमिराले अस्थित्वनै लुटेपछि
बदनाम् हुन्छ माटो भन्दै, डराउँदैछौ आमा तिमी

आफ्ना चाह मेटाएर जोवन लुकाई राख्यौ अरे

  • by

आफ्ना चाह मेटाएर जोवन लुकाई राख्यौ अरे
थाहै नदिई सुटुक्क आई कहिले माया चाख्यौ अरे

माया दिने साहाराको यादमा पर्खि बसेकोथे
त्यो देउराली डाँडामुनि प्रस्ताव राख्न डाक्यौ अरे

तड्पिएरै बाटो पर्खी मेरै यादमा बस्दा तिमी
ढिलो आउदा, मेरो जीवन उत्तेजनभई माग्यौ अरे

तिम्ले साथ दिन्छ्यौ भने

  • by

उनले छाडिन् र त के भो, तिम्ले साथ दिन्छ्यौ भने
भित्रै पसी मुटु रेटिन्, आउछु आज सिउँछ्यौ भने ।

गन्तव्य हिन यात्रा मेरो साहरा बिना भएपछि
बाच्नलाई मायाको भीक, देऊ यो मन चिन्छ्यौ भने ।

वाचा वन्धन कसैलाई सदाबाहार गीत रैछ
त्यसैले त तोडी आएँ तिमी साथमा हिडद्यौ भने ।

तिमीले साथ दिन्छौ भने नयाँ इतिहास कोर्छु

तिमीले साथ दिन्छौ भने नयाँ इतिहास कोर्छु
फुटेका यी सपनाहरू सम्हालेर अब जोर्छु

पुरा गर्छु हर लक्ष्य सहयात्री बन तिमी
मेरो चाह जिताउन तिम्रो मन अब चोर्छु

सादा कागज रैछ जीवन तिमीले नै भरिदेऊ
मेरो सारा यो जिन्दगी तिमीलाई नै अब छोड्छु

मेरै विवशताले मलाई आज किन घात हान्यो

  • by

मेरै विवशताले मलाई आज किन घात हान्यो
चाहानानै टाढिए’सि आफनै मनले एक्लो ठान्यो

निरवस्त्र भै लुटिएसि घात अन्धकारै मिठो
यथार्थ यो जीवनभन्दा काल्पनिकता मिठो छान्यो

बगलीमा छुरा राखी मुखले मेरै नाम जप्दै
मुटु रेट्यौ यो ज्यानले तिम्रो अस्लिन रुप जान्यो

मेरो मुटु जलाएर आगो ताप्नु अनर्थ छ

  • by

मेरो मुटु जलाएर आगो ताप्नु अनर्थ छ
नयनभरि अँश्रुधारा बगाउनुको के अर्थ छ

दिनु दियौ चोटहरू आज मेरो मुटु दुख्दा
मनबाट हाँसो छाड्यौ तिमीभित्र के स्वार्थ छ

यो मन भित्र सजाउने दिन्छौ माया आश थियो
तिम्रो लागि जल्नु पनि अब धेरै बेअर्थ छ

विश्वास गर्थे तिमीलाई झुटा बचन बोल्यौ रोए

विश्वास गर्थे तिमीलाई झुटा बचन बोल्यौ रोएँ
अन्तष्कणको आघातमाया आज तिम्ले पोल्यौ रोएँ

मनै चोर्यौ त्यो नजरले गल्ती मेरै हो कि क्यारे
के कम सोच्यौ यो मायालाई धनमा माया मोल्यौ रोएँ

गन्तव्य हिन यात्रा सँगै आज एक्लै हिंडिरा’थें
संग्लिएका व्यथा मेरा, तिम्ले हानि घोल्यौ रोएँ

रुने तिम्रो बानी नै हो शंका कति गर्छौ आज

रुने तिम्रो बानी नै हो शंका कति गर्छौ आज
विश्वासलाई घात सम्झी किन आफैं मर्छौ आज

घरिघरि चिहाएर मन मेरो किन चोर्यौ
मायालाई घात सम्झी झुटा आशा छर्छौ आज

उद्देश्य त लिनै पर्छ जिन्दगीको गोरेटोमा
साथ दिंदा पराई ठानी आफैं तल झर्छौ आज

युगले कोल्टो फेरे पनि तिम्ले तोड्न सकेनौ खै

  • by

युगले कोल्टो फेरे पनि तिम्ले तोड्न सकेनौ खै
कति पुज्य स्वामी तिम्लाई संस्कार मोड्न सकेनौ खै

रात दिन त्यही काम छ चुलो चौको वरिपरि
पिएपछि स्वास्नी कुट्ने बानी छोड्न सकेनौ खै

जात भिन्ना भिन्नै

  • by

एक अंजुली माया दिन्थे जात भिन्ना भिन्नै !
तिमी पर्‍यौ कुल घरानकी, बात भिन्ना भिन्नै

मेरो हातको चल्ने भए बाँथे आधा गास पनि
बार्न खोज्छिन् चुलो चौको, भात भिन्ना भिन्नै

उही पुरानो पहिरनमा छौ कि

  • by

उही पुरानो पहिरनमा छौ कि चोली फेर्यौ प्यारी
कति मलाई पर्खिएर रुदै बाटो हेर्यौं प्यारी,

रातो पोते, रातै साडी वर्ष दिनको यो तीजमा
तिमी मेरै बाटो हेरिकन पहिरन बेर्यौ प्यारी,

मेरो बाटो पर्खिएर ओठमा मुस्कान छर्दै होलिन्

  • by

मेरो बाटो पर्खिएर ओठमा मुस्कान छर्दै होलिन्
तस्विर हेरी आँसु पोख्दै घुक्क घुक्क गर्दै होलिन्

विछोडको वियोगमा मुर्छा पर्दै एक्लै बस्दा
याद आउदा मलाई हेर्न बेसि तिर झर्दै होलिन्

कहिले आउँछ आनन्दको दुई छाक खाउला भन्दै
भोक भोकै आधी पेटमा काम गरी मर्दै होलिन्

सवाल-जवाफ (गजल) : मेरो घरमा शङख बज्दा

सवाल : मिथिला प्याकुरेल
मेरो घरमा शङख बज्दा त्यसको तालमा नाँच्नु तिमी
म त मरेर माटोमा मिल्छु युगौं युग बाँच्नु तिमी

जवाफ : रामकृष्ण पौडेल अनयास
तिमी मरेर म ज्यूनुमा कस्को लागि बाँच्नु अब
मेरो पनि शंख बज्यो सँगै चिता गाँस्नु अब