उनले छाडिन् र त के भो, तिम्ले साथ दिन्छ्यौ भने
भित्रै पसी मुटु रेटिन्, आउछु आज सिउँछ्यौ भने ।
गन्तव्य हिन यात्रा मेरो साहरा बिना भएपछि
बाच्नलाई मायाको भीक, देऊ यो मन चिन्छ्यौ भने ।
वाचा वन्धन कसैलाई सदाबाहार गीत रैछ
त्यसैले त तोडी आएँ तिमी साथमा हिडद्यौ भने ।