Skip to content

तिमी हाँस जिन्दगीभर पूजा गरी बसौंला म

  • by


तिमी हाँस जिन्दगीभर पूजा गरी बसौंला म
सुख पाउन महल ताक्यौ खरानि नै घसौंला म

यो गरिबको माया अनि तिम्रो सुहाग दाँज्यौ भने
मलाई भन्नु के फरक छ मन बुझाउन हाँसौंला म

यो जुनीमा आफनो भैनौ आँगालोमा ज्यूनु उसको
सँगै मिली सार्यौ पिपल छाडिान भन्दै भाचौला म

अन्तिम इच्छा फूल र आँसु मेरो लासमा चढाइदिन
तिनै फूल तिम्लाई दिन अर्को जन्म साँचौला म

लासमा कात्रो ओढाउदा शंख फुकी नाँच तिमी
अन्तिम पटक हेर्छु अनि आफनै चिता कसौंला म ।

रामकृष्ण पौडेल –अनयाँस

Leave a Reply

Your email address will not be published. Required fields are marked *