सवाल
माया छैन पनि भन्छौ, भए जस्तो गर्छौ किन ?
अर्कैसँग बोल्दा मलाई ठुला आँखा तर्छौ किन ?
तिमीजस्ती लाखौं हुन्छन् हजारको त कुरै छाड
त्यसो भन्दै तिमी आखिर मेरै रुपमा मर्छौ किन ?
मलाई पाताल तिम्लाई आकाश दाँज्दै हिड्छौ सधैंभरि
फेरि फर्की तिमी मेरै नजिक नजिक पर्छौ किन ?
खुला छोडिदिए तिम्लाई जे मन लाग्छ त्यही गर
भन्दै फेरि छाडा हुँदा मलाई आँखा घुर्छौ किन ?
मुटुभरि घाउ थुपारी मलाई हिलो बनाएसि
हिलोमा नै फुल्छ कमल सधैंभरि भन्छौ किन?
– मिथिला प्याकुरेल
जवाफ

मुखले जति भने पनि माया कहाँ टाढा हुन्छ
अर्कोसँग बोल्दा तिमी मुटु घोच्ने काँडा हुन्छ ।
सिधै माया गर्छु भन्दा आफ्नै रुप राम्रो ठान्छौ
तर अरु देखे पनि यादमा माया गाढा हुन्छ ।
पातालकै पानी मिठो आकाशको जुनभन्दा
तिमीबाट टाढा जान्न फेरि यो मन छाडा हुन्छ ।
एकछिन छाड्यो भने तिम्लाई आँखा तरी मर्छन
माया गाँस साँची बस्ने त्यो देउराली डाँडा हुन्छ ।
बनको बाघ घुर्न नपाई मनको बाघले खाएपछि
आस्थारुपी मन्दिर ढल्छ विश्वासमा बाधा हुन्छ ।
– रामकृष्ण पौडेल अनयाँस

namaste
thanks
good gajal,i like
good gajal,i like
ramkrishna kaila bata ho ta
ramkrishna kaila bata ho ta gajalkar vhayako yasari nai sirjana gardai janu yak din good gajalkar hun6u