त्रिचन्द्र 'प्रतीक्षा'

क्यालोरीले धानेको जीवन

क्यालोरी तापको एक इकाई हो । सामान्य रूपमा यसलाई वजन बढाउने तत्वको रूपमा प्रयोग गर्ने गरिन्छ । वैज्ञानिक परिभाषाका अनुसार एक किलोग्राम पानीलाई एक डिग्री सेन्टीग्रेडसम्म तातो पार्नका लागि जति तापक्रमको आवश्यकता पर्दछ त्यसैलाई एक क्यालोरी भनिन्छ । मोटरको इञ्जिन चलाउनका लागि पेट्रोलकोको आवश्यकता पर्दछ ठिक त्यस्तै गरी मानव शरीरलाई क्रियाशिल बनाइ राख्न क्यालोरीको जरुरी पर्दछ । हामी जति धेरै दौडधूप वा शारीरिक श्रम गर्दछौँ, शरीरलाई क्यालोरीको आवश्यकता त्यसै अनुपातमा बढ्दै जान्छ ।

स्वास्थ्यका लागि क्यालोरीको भूमिकमा धेरै नै महìवपूर्ण हुन्छ । भोजनबाट हामीले प्रतिदिन जति क्यालोरी ऊर्जा प्राप्त गर्दछौँ त्यसको दुई तिहाई भाग दैनिक काम सम्पन्न गर्नमा नै जाने गर्दछ । सुत्ने-उठ्ने, खेल्ने-दौड्ने, लेख्ने-पढ्ने सबै समय हाम्रो शरीरबाट क्यालोरी खर्च हुने गर्दछ ।

मानिसको शरीको वजन जति धेरै हुन्छ, त्यसलाई क्यालोरीको उत्तिनै धेरै आवश्यकता पर्दछ । सामान्यतयाः एक किलोग्राम तैलका लागि ३७ क्यालोरीको आवश्यकता पर्दछ । मनिसको उमेर जतिजति बढ्दै जान्छ, त्यसलाई क्यालोरीको जरुरी कम हुँदैजान्छ । किशोर-युवाहरूका लागि क्यालोरी आवश्यकता धेरै हुन्छ भने वृद्ध/वृद्धाहरूलाई कम क्यालोरी भए पनि पुग्छ । यसले गर्दा वृद्ध उमेरका व्यक्तिलाई कम भोजन गरे पनि पुग्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
TriChandraPratikshya

परम्परादेखि चल्तीमा छ कौडी

संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ । प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ । कौडी हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने शृङ्गार पनि गर्ने गरिन्छ तर यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सजिलो बनाउनका लागि गर्ने गरियो । यही कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ ।

प्राचीनकालदेखि नै कौडी सिक्काको रूपमा चलिरह्यो । एक समय यस्तो थियो, जब विनिमयका लागि मुद्राको रूपमा कौडी नै प्रचलित थियो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्त्व थियो । त्यस समयमा पूरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो । यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरहृयो । अफ्रिकाको धेरै जस्तो भागहरूमा १९ औँ शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो । त्यहाँका राजा ‘क्युरियामा’ को वाषिर्क आय ३ करोड कौडी थियो । नास्सावामाका राजाले आफ्नो जमीन एक अफ्रिकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए । सन् १८६० मा त्यहाँ ५ कौडीले एउटा अण्डा र ३० कोसा केरा पाइन्थ्यो । त्यहाँका ‘इभ’ जनजातिका मानिसहरू लासलाई माटोमा गाड्दा साथसाथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ । यस्तै मिश्रमा मृतकको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिश्रबासीहरूको विश्वास छ कि मृतकको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भ्यालेन्टाइन डे संस्कृति कि बिकृति ?

प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रङ्गहरूको पनि हुन्छ भाषा

तपाईंको मन मस्तिष्कमा कुनै बोझ छ कि ? चाहेर पनि तपाईं आफ्नो तनावबाट मुक्त हुन सक्नुभएको छैन कि- त्यसो हो भने पनि कुनै समस्यै छैन ।

लिनुहोस् हातमा रङ्ग र पोत्नुस् ब्रस कागजमा आफ्नो सपनाको संसार । हेर्दा हेर्दै तपाईं रङ्गको संसारमा हराउनु हुन्छ र तनाव टाढा हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धुमपानः विद्वानहरूका केही उद्गारण

नेपालमा प्रत्येक वर्ष धुमपानरहित दिवस मनाइएता पनि चुरोट उत्पादनमा कमी आएको देखिँदन । वर्षेनी चुरोट उत्पादनमा वृद्धि हुनुले बताउँछ कि हाम्रो देशमा धुमपान गर्नेको सङ्ख्या बढ्दैछ । धुमपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि धुमपान छोड्न चाहदैनन् किन ? यो प्रश्न हाम्रो सामु ठूलो चुनौतीको रूपमा खडा छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Trichandra shrestha

चंगा उडाउने रीतिरिवाज

चङ्गाको आविष्कारक चीनलाई मानिन्छ चङ्गाको इतिहास खोज्दै जाँदा गौतम बुद्ध जन्मनुभन्दा चार/पाँच सय वर्ष पहिले नै चीनको हान वंशमा भएको पाइन्छ । स्न ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु-वानले काठ र बा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल शब्दकोशको सुरुवात कहिलेदेखि?

नेपालमा सर्वप्रथम नेपाली भाषाको शब्दकोश निर्माणमा रुचि देखाउने विदेशीहरू देखिएका छन् ।

चीनसँग नेपालको युद्ध हुँदा इष्ट इण्डिया कम्पनीका दूत बनी वि.सं. १८४९ मा डब्लु जे. कर्क पेट्रिक नेपाल आएका थिए । केही समयपछि उनी फर्केर गए । वि. सं. १८६८ मा उनले लण्डनबाट नेपालको यात्रा वर्णन वंशावली समेत जोडेर ‘अन् एकाउन्ट अफ् द किङ्गडम अफ नेपाल’ नामक पुस्तकमा सात/आठ सय जति नेपाली र नेवारी शब्दको अर्थ दिएर एक शब्दावली प्रकाशित गरेको र सो नै नेपाली शब्दकोशको थालनी भएको इतिहासकार ज्ञानमणि नेपालको भनाइ छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Trichandra

निद्रा लाग्दैन ? तनावबाट मुक्त हुनोस्

विगत पाँच वर्षअघिदेखि धापासी बस्ने ३५ वर्षिया रामबहादुर बानियाँलाई राती पटक्कै निद्रा लाग्दैन, त्यसैले उपचारार्थ शिक्षण अस्पताल धाइरहेका छन् । यस्तै भर्खरै ११ कक्षामा भर्ना भएकी अनामनगरकी १६ वर्षिया स

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रसाएर आँखा म हाँसु कसरी ?

  • by

रसाएर आँखा म हाँसु कसरी ?
जलाएर मुटु म बाँचु कसरी ?
फुटेको त्यो ऐना जो छायाँ दिँदैन
त्यस्तै जीवन छ हाँस्न मिल्दैन ।

सडकरूपी छाती चर्किदिन्छ पलपल
बादलरूपी आँखा बर्सिदिन्छ हरपल,
बिकाउ त्यो माल हुँ कुनै मूल्य छैन
बेवारिस जीवन भो तर दुःख छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पानी परेन भने अपनाउने अनौठो प्रथाहरू

आजभोलि दिनहूँ समाचारमा सुन्न र पढ्न पाउँछौ पानी नपरेर कुनै ठाउँ पानी भित्र बसेर अनसन बसेको त कतै भ्यागुतोको बिहे गरेको, कहीँ हरहर महादेव भनेर जुलुल निकालेको आदि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •