Skip to content

त्रिचन्द्र 'प्रतीक्षा'

ttrichandra

मेरो साथीः अतित

मायालुले चुमेका ति ओंठ र औंलाहरु
हिजा जस्तो लाग्छ तर सपना पो भईदिएछ,
आँशुले छेकेका ति पाईलाहरु भर्खरै लाग्छ
तर औंला गन्दा कता कता अतित भईदिएछ ।

…..त्यसैले ए मेरा साथी, ए मेरा अतित
मायालुलाई भेटी एक चोटी आईदेउ,
छिट्टै रिसाउने अनि फेरी हाँसी दिने उनको बानी
रुँदै पो छिनकी हाँसी पो रहेकी छन् त्यो खबर ल्याइदेउ ।।

कता हो कता मुग्लान देशमा लाहुरेको विपत्ता
तिम्रो साथ रहँदा जे विराए पनि दिनेथ्यो माफ त,
यहाँ आए पछि काम विराएँ भने माफ छैन अब त
बरु भनेको काम नगरे वापत जागिरै जफत ।।।

…….त्यसैले हे मेरा साथी, हे मेरा अतित
मायालुको देश स्वदेशमा गएर

तीन टुक्रा – गति, गीत, पलायन

गति
आओ अन्तिम गफ गरौं
थुप्रा हिजोहरूको बारेमा
जहाँ मौनता सिवाय के छ र ?

गीत
आज फेरि तिनी आएकी छिन्
उर्लंदो सागरको चीसो लहरले
मुटुभरिको दाग पखाल्न ।

एक्लो जीवन

रहन देऊ मलाई एकान्तमा
घोच्न देऊ काँडाले मनमा,
चाहना छैन सुख जीवनमा
नगर चिन्ता मेरो जीवनको,
घारे यातना नै सहन देऊ
मलाई एक्लै नै रहन देऊ ।

विवशता

ऊ सार्‍है थाकिसकेको थियो, आफ्नो बेरोजगारीसँग । बिहानदेखि काम खोज्दाखोज्दै साँझ भोक आक्रोशमा परिवर्तित भयो । केही गर्ने विचारले ऊ टुकुचानेर एउटा अँध्यारो गल्लीमा बस्यो । आधाी रातपछि एउटा आकृति छिटोछिटो हिँड्दै गरेको देखियो । ऊ सजग भयो ।

उसले त्यो आकृतिलाई पछिल्तिरबाट डाक्यो । त्यो एउटी आइमाई थिई । उसले त्यो आइमाईको मुखमाथि हात राखेर बिस्तारै कानमा भन्योः ”आफ्नो इज्जत जोगाउन चाहन्छ्यौ भने भएभरको पैसा, गहना खुरुक्क मलाई देऊ ।”

जिन्दगीको परिभाषा

तिमीहरू भन्छौ-
जिन्दगी आँसुको भेल हो,
भन्छौ- जिन्दगी कहाली लाग्दो जेल हो,
र भन्छौ- जिन्दगी मधुमासको खेल हो ।

अनि फेरि तिमीहरू नै भन्छौ
‘जिन्दगी’ बिक्री नभएको बासी सेल हो
तर जिन्दगीको अर्थ (परिभाषा) खुबै बुझेका

तीन टुक्रा (विवशता, जिजविषा, सहानुभूति)

विवशता
त्यो बूढो भिखारीले भिख भित्रको अस्तित्वलाई
बुझेर नै होला शायद आफ्नो बाँकी श्वास
मृत्युको भिक्षा राखिदिए जस्तो लाग्छ -विवशतालाई ।

जिजविषा
चितामा सुतिसकेको त्यो लाशले पनि
फेरि एकपल्ट कात्रोबाट च्याएर
संसार र स्वयमलाई हेर्ने ठूलो इच्छा
गरे जस्तो लाग्छ -जिजविषालाई ।

कल्पनाका तरङ्गहरु

कल्पनाहरू यथार्थ नहुनुको पीडामा
कैयन वर्तमानहरू भोगिसकेछु,
कल्पनाहरूकै बीचमा पनि
कैयन इच्छाहरू मारिसकेछु,
सत्यसँगै गाँसिएका मेरा चेतनाहरू
नयन अनि मनले भोगेका कल्पनामा

रक्तदान गर्न डराउनु पर्दैन

विलियम हार्भले सन् १६१६तिर प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने सन् १८१८मा बेलायतका डा. जेम्स् ल्वेन्डले मर्न लागेको एक बिरामीलाई मानिसको रगत संचार गराउने प्रयास गरे । सन् १९००मा अष्ट्रियाका डा. कार्ल लेन्डस्टेनरले A, B, C, रक्त समुह हुन्छ भन्ने पत्ता लगाए भने सन् १९१४मा बेल्जियमका डा. हस्टिनले रगतलाई शरीर बाहिर बोटलमा सोडियम साइटेट रसायनको सहायताले नजम्ने गरी रगत राख्ने तरिका पत्ता लगाएका थिए ।

नेपालमा आत्महत्याको वृद्धि किन ? -त्रिचन्द्र प्रतीक्षा

पत्र-पत्रिकाहरुको पानामा कहिं न कहिं कुनै न कुनै तरिकाबाट आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एकप्रकारले मन्द विषसरी फैलिरहेको छ- हाम्रो समाजमा आत्महत्याको श्रृंखला । किन यसरी तिब्र गतिमा फैलिरहेको छ? यो सोचनीय र चिन्ताको विषय हो ।

मानिस एक संवेदनशील प्राणी हो । ऊ एक्लै जीवनयापन गर्न सक्दैन । जीवनका उतारचढावहरुलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ । विभिन्न किसिमका घटनाहरु मध्ये आत्महत्या अति महत्वपूर्ण घटना हो । आत्महत्या गर्नु आफैंमा एक अपराध हो । तर मानिस किन आत्महत्या गर्न चाहन्छ ! जो कसैमा खुल्दुली हुनु स्वभाविक हो । आत्महत्या कसैको रहर र इच्छाका कारणले हुँदैन । सामान्यतयाः कसैले दिएको मानसिक यातना वा पीडा नै आत्महत्याको कारक हो ।

पलायन प्रकृति

रुमलिरहेथ्यो डाँफे चरी यो निलो आकाशमा
गन्तव्य विहिन स्वतन्त्र मन वैंशको सफरमा,

थिएन शब्द व्याख्या गर्ने उसको रुपलाई
अभेद्य गथालो टाल्न खोजेथें मेरो यौवनलाई,

तिमी यसरी आऊ

”मन पर्छ मलाई
आत्माको त्रास र आँखाको
भ्रमलाई निभाउँदै
पैतला मुनिको आलस्यलाई
फ्याँकेर आएको
इच्छा लाग्छ हेर्न तिम्रा कर्मयोगी
हातहरू सिर्जनाको माटोमा रोपिएको,

तिमी र म

बिर्सिदियो नभन प्रिय !
अनेकौ अनेकौं सपनामा कहालीए
निस्तब्धताले छाएको रातभरि
तिम्रो यादका असह्य यातना खपेको हुन्छु ।।१।।

त्यो अतितको झिल्को
सुनसान रातमा बलिरहेको बेला
म चिच्याइरहेको हुन्छु
बेइमानी, धोकेबाज स्वार्थी
तिमी मात्रै मेरो म तिम्रो लागि जन्मेको
कहाँ गए ती सुकिला वचन? ।।२।।

स्वागत

हो क्यालेण्डरको प्रत्येक पानाले
एउटा संक्रान्तिको स्वागत गरेझैं
विरशम्शेरको धुकधुकी बोकेको
घण्टाघरबाट मैले सापट लिएको
अलिकति समयको स्वागत छ ।

होली पर्व कहाँ कसरी – त्रिचन्द्र प्रतीक्षा

हिमालयन बैंकमा कार्यरत संगीता श्रेष्ठलाई होली पर्व निकै मन पर्छ तर बेला न कुबेला हप्ता दिन अघिदेखि बाटोमा हिड्नै अप्ठ्यारो हुने गरी प्लाष्टिकमा पानी भरेर छाप्ने परम्पराले निकै दिक्क छिन् ।

निरन्तर याद

हो म जान्दछु
तिम्रो आँखाको नानीबाट
टाढा हुनु थियो
टाढा भइदिएको छु अब
तर नसम्झिदिए है मायालु
यहाँ फुल्ने मात्र होइन
तर र्झन पनि साह्रो छ

रङ्गहरूको पनि हुन्छ – भाषा (त्रिचन्द्र ‘प्रतीक्षा’)

तपाईंको मन मस्तिष्कमा कुनै बोझ छ कि ? चाहेर पनि तपाईं आफ्नो तनावबाट मुक्त हुन सक्नुभएको छैन कि- त्यसो हो भने पनि कुनै समस्यै छैन ।

लिनुहोस् हातमा रङ्ग र पोत्नुस् ब्रस कागजमा आफ्नो सपनाको संसार । हेर्दा हेर्दै तपाईं रङ्गको संसारमा हराउनु हुन्छ र तनाव टाढा हुन्छ ।

धूम्रपानको लत -त्रिचन्द्र प्रतीक्षा

टेःबहाल, न्यूरोडका ४२ वर्षीय, दीपक तुलाधरलाई प्रत्येक आधा आधा घण्टामा चुरोट सल्काउनु पर्ने लत बसेको छ । पत्रिका व्यवसायमा लागेका दीपक तुलाधर एक्लै खाली समयमा होस् वा धूम्रपान गर्ने साथीहरू आएको बेलामा होस् चुरोट सल्काएर सर्को तान्नु पर्छ, दिनभरमा कति चुरोट सल्काइन्छ त – उनी भन्छन् – ”विहान दोकान खोल्न आएदेखि बेलुकी बन्द गर्ने समयसम्ममा कम्तिमा १५ खिल्ली (एक वट्टा), बढीमा २० खिल्ली चुरोट सकिन्छ ।’’ उनले चुरोटको साथ साथै चिया पनि त्यतिनै मात्रामा पिउने कुरा गर्नुहुन्छ ।

समयको मझधार

नीलो आकाशमा किन आज
शून्यता छाइरहेछ, त्यो म बुझ्न सक्दिनँ ।
सल्लाको घारी किन नझुलेर
हावालाई पर्खिरहेछ, त्यो मलाई थाहा छैन ।

यौवनका ती मुस्कानहरु कर्तव्यपथमा
पथभ्रष्ट भइरहेछ, त्यो के हो जान्न सक्दिनँ ।
आँट, अठोट र विश्वासले भरिएको आत्मबल
किन नुहिरहेछ, त्यो मलाई ज्ञात छैन ।

होला, शायद कुनै विषाक्त बादल
यहाँ मडारिरहेछ, कसैको यादमा ।

-नवकविता मासिक, कार्तिक, २०५३ अंक ३८