Skip to content

बुद्धि मोक्तान

रहर त रहरै हो

सुखले बाँच्ने रहर मेरो, रहर त रहरै हो
कठिन छ यात्रा भित्रनु फेरि, शहर त शहरै हो

सुखान्त खोजेँ नगरी दु:ख जिन्दगी बिलासको
जोतेको छैन एक फोक्टै खेत, बहर त बहरै हो

जति गरौँ यो देश-लाई

जति गरौँ यो देश-लाई, सेवा हाम्रै हो
जस्तो गर्यौ त्यस्तै फल्छ मेवा हाम्रै हो

रम्नु पर्छ जम्नु पर्छ आफ्नै आँगनमा
दिए आँगन प्रकृतिले फेवा हाम्रै हो

हिजैका कहानी सोची बसेछौ

हिजैका कहानी सोची बसेछौ
नलेखी दिलैमा पोखी बसेछौ

बितेरै जवानी त्यसै गलेथ्यो
नबल्ने अगुल्टा ठोसी बसेछौ

जुरेको घराना ठाडै नकार्दा
अभागी निधार भो ठोकी बसेछौ

दिएका हजारौ बाचा गुमाइ
नभेट्दा गृहस्थी रोकी बसेछौ

नलेखी नमर्ने भन्दै कहानी
परेली भिजेका छोपी बसेछौ

छन्द -बिपन्ची
[पोस्टराज चापागाइ ]
३ मा अर्ध र ६ बिश्राम

मन जलेको छैन

ढुक्क भए हुन्छ हजुर, तन जलेको छैन
हाँसो खुशी भित्रै छु म, मन जलेको छैन ।

हिजो अस्ती दु:ख पोखे,तन्मन् जल्यो भनी
सम्झ्यौ होला उजाड् तर, बन जलेको छैन ।

भन क्रान्ति कस्तो गर्ने ?

प्रतिक्रान्ति गर्नलाई, जन क्रान्ति कस्तो गर्ने ?
छ कि अझै अरु पनि, भन क्रान्ति कस्तो गर्ने ?

‘जस्को जोत उस्को पोत’ भन्ने नारा कुर्ली हिँड्दा
बाँझै भयो बारी यता, खन क्रान्ति कस्तो गर्ने ?
छ कि अझै अरु पनि, भन क्रान्ति कस्तो गर्ने ?

‘गोर्खे साँहिला’ हैन म त

गीत लेख्छु, गजल लेख्छु गोर्खे साँहिला हैन म त
ब्यथा आफ्नै पोखे पनि ब्याकुल माइला हैन म त

साहित्यले नभरिने सधैं रित्तो झोली भिरदा [भिर्दा ]
कथा भए बैरागीको तर काइँला हैन म त

फूलको माला सुकायौ कि मेरी दिदी !

भाइटीका लाउने मौका चुकायौ कि मेरी दिदी!
सयपत्री फूलको माला सुकायौ कि मेरी दिदी !

सम्झी सम्झी बाटो हेर्दा भाइ आउन ढिला हुँदा
बाहिर हाँसोभित्र पीडा लुकायौ कि मेरी दिदी !

घुम्टो खोली बस तिमी

घुम्टो खोली बस तिमी सिन्दुर भर्न आउँदैछु म
सजिएको आँगनीमा डोली बोकी ल्याउँदैछु म

तिमी चढ डोलीमाथि बाँकी जीवन हाम्रै नै हो
चकमन्न धर्ती आकाश मिलन त्यो राम्रै भयो
खुशी भर अब तिमी डम्फु सेलो गाउँदैछु म
भुलाई उजाड बसन्तले हरियाली छाउँदैछु म