बुद्धि मोक्तान
काठमाण्डौंमा ‘गह’ र ‘फूल्न देऊ मलाई’ बिमोचित
प्रवासमा रहेर नेपाली गीतसंगीत र साहित्यमा क्रियाशील रहँदै आएका बुद्धि मोक्तान, अज्ञात पाल्पाली, प्रेम कौशल र आनन्द भट्टराईको गजल एल्बम ‘गह’ र बुद्धि मोक्तानको गजलसंग्रह ‘फूल्न देऊ मलाई’ सार्वजनिक गरिएको छ । राजधानीमा शनिबार एक कार्यक्रमको आयोजना गरी गजलकार ललिजन रावल, संगीतकार बुलु मुकारुङ, गजलकार रमेश सुवेदीलगायतले संयुक्त रुपमा उक्त गजलसंग्रह सार्वजनिक गरेका हुन् ।

“ठूल्दिदी!”
कविता -“ठूल्दिदी!”
( बुद्धि मोक्तान)
अली परको मानेडाँडामा
परदेशीको हुल
उकालो लाग्दा
भञ्ज्याङ पारीबाट
गाउँबेशीमा पाइला टेक्दा
भुँई बोकेर न्याम
खुवाउने ठुल्दिदी !
तिमीलाई संम्झिन्छु
बिर्सेकी त छैनौ होला नी
गाउँबेशीका लिङ्गेहरु!
मौलाहाका मालश्रीहरु!
टपरीका जमराहरु!
आँगनीका झम्के
अनी,
बरण्डाका गमलाहरु !
लरक्क आँगनीमा
संयौ थूँगा झम्के
भमरा र पुतलीलाई
चुम्न नदिई
करेसाको लालुपाते
रंग र रस,बिस्थापित हुन नदिई
ठूल्दिदी
तिम्रो लागि जोगाएको छु,
तिम्रो लागि हुर्काएको छु
टीका थाप्ने निम्तो
अस्ती,
सालको पात झर्ने बेला
अस्ती आरु फूल्ने बेला

कस्तो गार्हो राख्यौ तिम्ले, पिरतीमा माग