Skip to content


बिजुली चम्किदा
आकाश गर्जिदा
धर्ती थर्किदा
चैत्र र बैसाखे बताससगै,
बिस्तारै तातेको धर्तीमा !
डडेका कान्ला र पाखाहरुमा
बर्षाद संगै टुसाएका सिरुहरु,
नव पालुवा र बिरुवाहरु,
सधैं खेल्ने धारे ढुङ्गा

छेवैको रानी बनमा,
म नहुँदा,
मेरो अनुपस्थीतिमा
म माथी
ठूलै आरोप लागेछ….. ।

आरु फूल्ने बेला
म परदेशी भएँ रे
आरु फूल्ने बेला
मैले देश काल
मातृ भूमी भुले रे
जन्मभुमी बिर्सें रे
तर,
आरोप र प्रत्यारोप
लाग्दै गरेको बेला,
म सेन्दाइको किनारमा
सुनामीयुक्त
क्षतबिक्षत मानब बस्तीहरु
नियाली रहेको छु
ती बस्तीहरुमा
आरु संगै
चेरी संगै
साकुरासंगै
थुँगा थुँगा
मानबिय फूल
फुलाउन कोशीसरत छु।

प्रदेशी भएर के भएँ त?
मैले,
बकिङ्घम दरबारको
अघिलतिर
सडकमा उभिएर
गनाउने बाग्मती र
बिष्णुमती सम्झिएर
कबिता लेखेको छु
सन्देश कोरेको छु
लामो श्वास फेरेको छु…
कबिलाई भुगोलले छेक्दैन
अक्षाशं र देशान्तरले
फरक पार्दैन
चिल्लो सडक र
भब्य महलबाट
एलिजाबेथका सन्तानहरुलाई
छोरीहरुलाई ,
नातिनीहरुलाई
प्रेमपत्र कोरेको छुइन
बादलामा ,
हावाइमार्ग हुँदै
हावाइजहाजभरी
एक अंगालो कबिता कोरेर
स्वादेशतर्फ धकेलेकोछु
प्रशान्त महासगरका
पान्डुबी र जहाज भरी
सुन्दर भावनाका सन्देश
सप्रेषण गरेको छु
मेरा
राजापुरका काँसेघारीलाई
घनघस्यका उकालोलाई
फिकलका लैबरीलाई
तिलाउ र मर्स्याङ्दीलाई……….

आरु फूल्ने बेला
मलाई खोजेर पस्चाताप नगर
खिन्न खिन्न नहुनु
मृतसागरको सम्बाहनिक धार भएर
यता बाश्पिकरण उता बर्षा हुनेछु
आरुका फूलमा चिचिला हुँदै
मान्छेका पेट पेट सम्म पुग्नेछु
पर्ख,
मेरो कबिता फल्न त देउ……..
……
……

Leave a Reply

Your email address will not be published. Required fields are marked *