Skip to content

चौबन्दी चोली साडीमा छौ कि ?


चौबन्दी चोली साडीमा छौ कि ?
मायालु तिमी माडीमा छौ कि ?

देखिन आज हिड्-डुल तिम्रो,
चढेर जाँदै गाडीमा छौ कि !

सम्झेर बस्दा भरियो गह,
पोखिँदा झर्ने बाढीमा छौ कि!

रातमा आयौ निदरी लुट्न,
खोजेँथे त्यही राडीमा छौ कि !

धड्कियो किन ? यादमा धड्कन्
छामेर हेर्छु नाडीमा छौ कि !

उस्तै छ हेर,देशको हाल
आएँ म यतै खाडीमा छौ कि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *