घुम्टो खोली बस तिमी सिन्दुर भर्न आउँदैछु म
सजिएको आँगनीमा डोली बोकी ल्याउँदैछु म
तिमी चढ डोलीमाथि बाँकी जीवन हाम्रै नै हो
चकमन्न धर्ती आकाश मिलन त्यो राम्रै भयो
खुशी भर अब तिमी डम्फु सेलो गाउँदैछु म
भुलाई उजाड बसन्तले हरियाली छाउँदैछु म
डोली चढी बाटो लाग्दा माइतीघर सुन्य होला
झर्छन आँशु बिदाइमा जुनीभरलाई पुण्य होला
आधा जीवन पूर्ण गर्न साथ हात पाउँदैछु म
जिन्दगीका छेउ कुना तिमीसँगै साउँदैछु म
घुम्टो खोली बस तिमी सिन्दुर भर्न आउँदैछु म
सजिएको आँगनीमा डोली बोकी ल्याउँदैछु म
