Skip to content

बिचल्ली आँतका शरण सोधिनौ


बिचल्ली आँतका शरण सोधिनौ
ढलेथेँ काखमै मरण सोधिनौ

धपेडी त्यै थियो अधर चुम्न ती
दिलाई ओठका रमण सोधिनौ

हुनेथ्यो आज नै अमर प्रीत यी
सुनौला भोलिका चरण सोधिनौ

छ खाली छाती यो शिशिर झै अझ
बसन्ती प्रेमले भरण सोधिनौ

सजाई बाग झै कलस दीप थे
तयारी खै भनी वरण सोधिनौ

छन्द गण
(य र न र)
(६ अक्षरमा विश्राम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *