Skip to content

फूलको माला सुकायौ कि मेरी दिदी !


भाइटीका लाउने मौका चुकायौ कि मेरी दिदी!
सयपत्री फूलको माला सुकायौ कि मेरी दिदी !

सम्झी सम्झी बाटो हेर्दा भाइ आउन ढिला हुँदा
बाहिर हाँसोभित्र पीडा लुकायौ कि मेरी दिदी !

यो साल त यस्तै भयो पछि आउँछौ तिन्ले भन्दा
कोमल मन भित्र-भित्रै दुखायौ कि मेरी दिदी !

सधैँ तिहार अध्यारोमा कलस ढली दियो निभ्दा
निधार ठोकी आफ्नै हात थुकायौ कि मेरी दिदी !

काग तिहार गाई पूजा गर्न तिम्ले बिर्सिदिदा
नमिठा ती स्वरमा कुकुर भुकायौ कि मेरी दिदी

बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *