Skip to content

रहर त रहरै हो


सुखले बाँच्ने रहर मेरो, रहर त रहरै हो
कठिन छ यात्रा भित्रनु फेरि, शहर त शहरै हो

सुखान्त खोजेँ नगरी दु:ख जिन्दगी बिलासको
जोतेको छैन एक फोक्टै खेत, बहर त बहरै हो

‘आतिनु हुन्न बिपत्ति पर्दा!’भनेर सम्झाउँछु
काम्दैछ मुटु आफ्नै चै फेरि, कहर त कहरै हो

उब्जाउ खोजेँ प्ररिश्रमपछि हात लागि शुन्य थ्यो
के सिंच्नु ब्यर्थै सप्रिन्न बाली, बगर त बगरै हो

हाँसेर मरौ सँगै नै प्रिय! भन्दा ती प्रियाले
निलिन्छ कहाँ? सजिलै थोपा, जहर त जहरै हो

बुद्धि मोक्तान
दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *