लक्ष्मी पोखरेल
चार प्याकेट पाउरोटी
यहुदीहरूलाई खोजी खोजी मार्ने हिटलरको अभियानले पोल्याण्डलाई पनि अछुतो नबनाएपछि त्यहाँका यहुदीहरूलाई ज्यान जोगाउन हम्मे परेको थियो ।
क्राकाउ शहरको नजिकैको एउटा गाउँमा चार घर धुरी मात्र यहुदी र बाँकी सबै क्रिस्चियन थिए । कोही यहुदी भने ज्यान जोगाउनकै लागि क्रिश्चियन भएका थिए । ती चार घर यहुदी बिरुद्ध उजुरी परेको थाहा पाएपछि राता-रात याजाले आफ्नो श्रीमानलाई क्राकाउ पठाइन् ।
आश्रय
मेरो जीतको लागि बुवाले सयौं पटक हार्नु भएको थियो । आफ्नो हैसियतले भ्याएसम्म मलाई अभावको महसुस हुन दिनुभएन । आमा बित्नु भएपछि बुवा गाउँमा एक्लै बस्नु हुन्छ । बाबु, म एक्लै बस्न सक्दिन । त्यतै आउँछु भनेर कति चोटी फोन गरिसक्नु भयो तर अहिलेसम्म बुवालाई आफूसँग ल्याउन सकेको छुइन । मेरो विवसता कि कायरता यो के हो ?
“सुन्नुस् त ! तल सिंढी छेउको कोठा पनि भाडामा लाग्यो है !”
साहस (लघुकथा)
दुई वटा गोरुहरू जुधेर उम्रिन लागेको धानको ब्याड भुर्कुट पारेको देखेपछि अर्थलाल चौधरी मुर्मुरिँदै आउँछ र मुकुन्दलाई सिर्कनाले दुई चार सुम्ला बसायो । मुकुन्दले पनि चौधरीले टेकेको कठबाँसको लौरो खोसेर न्वारन देखिको बल निकाल्दै टाउकामा बजायो । चौधरीको टाउबाट रगतको धारो बग्यो । मुकुन्द आफ्नो गोरु लिएर त्यहाँबाट सुइँकुच्चा ठोक्यो ।
भोलिपल्ट चौधरीको उजुरी परेपछि गाउँका मुखिया किसनलाल चौधरीले मुकुन्द र उसको बाबुलाई तुरुन्त कचहरीमा हाजिर हुन खवर पठाए । भेलामा गाउँका गन्ने मान्ने सबै थिए ।
धोका (लघुकथा)
सुरेश र बिनोद मामा फुपूको छोरा भए पनि उनीहरू साथी जस्तै थिए र भारतको कुनै विश्वविद्यालयमा सँगै पढ्थे । एक हप्ताको लागि कलेज छुट्टी भएको मौका पारेर बिनोदले सुरेशलाई भ्रमणको लागि लग्यो । तिमीले कहिल्यै नदेखेको अत्यन्तै रमणीय दृष्य देखाउँछु भन्दै विनोदले सुरेशलाई अनकन्टार ठाउँमा पुर्यायो । जहाँबाट आखाँले भ्याएसम्म कहीँ कतै पनि बस्ती देखिँदैन थियो । थाकेर लखतरान भएपछि सुरेशले बिनोदलाई सोध्यो, “तिम्रो रमणीय ठाउँमा कहिले पुगिन्छ ?”
बुढेसकाल (लघुकथा)
दुध र तरकारीको झोलालाई भुइँमा राखेर हरिकृष्ण बाजे पसल अगाडिको मेचमा धर्खरिँदै बस्न खोज्छन् । ठिक त्यही बेला एक जना ठिटोले उनलाई पाखुरामा समाएर बिस्तारै मेचमा बसाइदिन्छन । त्यसपछि ती युवकको अनुहारमा हेर्दै हरिकृष्ण बाजेले सोध्छन्, “बाबुलाई मैले चिनिन नि ।”
हरिकृष्ण बाजेको कुरा सुनेपछि फेरि ती युवकले भने, “ल ! काका पनि मलाई चिन्नु भएन ? हजुरको साथी प्रेमजंगको ठुलो छोरा हो म ।”
बुढी आमालाई युद्धले दिएको घाउ
अँधेरी रात थियो, जुन्किरीहरू तँछाड मछाड गर्दै पिलपिल बत्ती बालेर उँडिरहेका थिए । सुनसान सन्नाटालाई चिर्दै बेला बेला झ्याउँकिरीहरू कानै खाने गरी कराउँथे अनि सिरिसिरी बतास चल्दा मकैको पातले पनि संगीतको धुन बजाए झैं भान हुन्थ्यो । पुरै गाउँ निदाएर चकमन्न थियो तर सरीता र उत्तमको आमा मात्र निदाएका थिएनन् । सरीता ढोकातिर हेर्दै बत्ती कातिरहेकी थिइन् । निकै बेरपछि उत्तमकी आमाले सरीतालाई भनिन्, “हेर दुलही काममा गएको मान्छे कतिखेर आउने हो उसलाई कुरेर साध्य हुँदैन, यसरी भोकै नबस जाऊ खाना खाएर सुत ।”
संघर्षका पाइलाहरू
कुनै समय सडकको किनारमा पंक्ति बद्ध भएर उभिएका राता, सेता र निला शिरिषका फूलहरू फुलेकोले मनमोहक दृश्य देखिन्थ्यो त कुनै समय तिनै फूलहरू पातसँगै झरेर सारै नै उराठ लाग्दो देखिन्थ्यो । यसरी नै कुनै रात पारिजात र रातकी रानी फूलहरूको मग मग बसना चल्थ्यो भने कुनै रात झुपडीहरूबाट दर्दनाक चित्कार सुनिन्थ्यो । दुई चार जना भेला भएर कुरा गर्न र कुनै सामाजिक कार्य पनि गर्न नसकिने अबस्था हुँदै गैरहेको थियो ।
- « Previous
- 1
- 2
- 3
- Next »
