Skip to content


मेरो जीतको लागि बुवाले सयौं पटक हार्नु भएको थियो । आफ्नो हैसियतले भ्याएसम्म मलाई अभावको महसुस हुन दिनुभएन । आमा बित्नु भएपछि बुवा गाउँमा एक्लै बस्नु हुन्छ । बाबु, म एक्लै बस्न सक्दिन । त्यतै आउँछु भनेर कति चोटी फोन गरिसक्नु भयो तर अहिलेसम्म बुवालाई आफूसँग ल्याउन सकेको छुइन । मेरो विवसता कि कायरता यो के हो ?

“सुन्नुस् त ! तल सिंढी छेउको कोठा पनि भाडामा लाग्यो है !”

श्रीमती गोमाको कुराले तन्द्राबाट ब्यूँझदै रामेश्वरले भन्यो, “मलाई नसोधी किन दियौ ? बुवालाई अब हामीसँगै ल्याउनु पर्छ त्यसैले त्यो कोठा बुवाको लागि हो ।”

“बुवा गाउँमा बसिरहनु भएकैछ नि ! किन यहाँ ल्याउनु पर्यो बेकारमा ? बसी बसी आउने आम्दानी घटेर खर्च मात्र बढ्छ । बिनासित्ति घरमा अशान्तिसँगै मलाई अरु काम पनि थपिन्छ । हजुर एक्लै सबै धान्ने हिम्मत छ भने ल्याउनुस् तर म त सक्दिन ।”

गोमा भान्सातिर गईन् ।

श्रीमतीको कुरा सकिएपछि रामेश्वर केही बोल्न लागेको थियो, ठिक त्यही बेला भाडामा बस्ने मान्छे समान लिएर टुप्लुक्क आइपुगे । ती मान्छेलाई देखेर रामेश्वर केही बोल्न सकेन र हेरेको हेर्यै भयो ।

भाडामा बस्न आएका एक जनाले भने, “रामेश्वर तिमीले छक्क पर्नु पर्दैन । मेरा छोराहरू अमेरिका गएका उतै अलप भए । श्रीमती बितेपछि एक्लो परें । म जस्तै हरिजी पनि एकपाखे भएर फगत एक्लो पर्नु भएको छ । त्यही भएर हामी दुई जना आपसमा सल्लाह गरेर तिम्रो घरमा भाडा बस्न आएका छौं । अप्ठ्यारो नमान बाबु, हरिजी मसँगै बस्नु हुन्छ । कम से कम एक अर्काको साहारा त हुन्छौं । हामीले तिम्रो मार्का बुझेका छौं, त्यसैले नडराऊ हामी तिम्रोमा भाडा तिरेर बसेको कुरा समाजलाई थाहा हुँदैन ।”

रामेश्वरले गहभरि आँसु बनाउँदै भने, “बुवा हजुर अचानक यसरी ?”

रामेश्वरको बुवा हरिप्रसादले भने, “छबिन्द्रजी जहाँ बसे पनि भाडा तिर्ने नै हो, त्यसैले तेरै घरमा बस्छु भन्नु भयो । साँच्चै भन्ने हो भने, तँसँगै हुन पाउँदा हामीलाई ढुक्क हुन्छ र तँलाई पनि खर्चको समस्या कम हुन्छ । धन्दा नमान् बाबु म मेरो लागि सबै खर्च आफैँ जुटाउँछु । बाबु केही दु:ख नमानी भाडा लिएर भए नि तेरो एउटा कोठामा हामीलाई आश्रय दे । यो बुढेसकालमा तेरो र नाति-नातिनीको अनुहार हेर्न पाए मलाई अरु केही चाहिंदैन ।”

लक्ष्मी अनुरागी

5 thoughts on “आश्रय”

  1. थुक्क मातांग छोरा भएर जन्मेको
    थुक्क मातांग छोरा भएर जन्मेको यस्ता जोईतिन्ग्रे धेरै छन् हाम्रो समाजका
    कहिले काही म नी सोच्न बाध्य हुन्छु दुनियामा समस्याको जड भनेकै ई आइमाई नै हुन भनेर जन्मे देखि हुर्के सम्म त्यहि आमा बाउ संग बस्न सक्छ बिहे गरेको भोलि पल्ट स्वास्नीको किरकिरले मन नमानी नमानी छुट्टिएर बस्न बाध्य छ कहिँ पनि आमा छोरा नमिलेर छुट्टिएका भन्ने सुनिन् जहा नी सासु बुहारी नमिलेर छुट्टिएको भन्न्ने सुन्छु म _________ आफ्नो बुवालाई आफ्नो घरमा राख्ने मन हुदा हुदै पनि लाचार छ श्रीमती को झर्को फर्कोले ———————

Leave a Reply

Your email address will not be published. Required fields are marked *