लक्ष्मी पोखरेल

मलाई एकबार सुनिदिएको भए

मलाई एकबार सुनिदिएको भए फाटेको मनलाई सिउने थिएँ
केवल मेरो विश्वास गरिदिएको भए खुसीको प्याला पिउने थिएँ
कहिले पाउनु कहिले गुमाउनु सिलसिला रहेछ जिन्दगीको
तिमीलाई अंगालेर रुन दिएको भए मायाँमा एक पल जिउने थिएँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उस्को सम्झना मात्र बाँकी छ

उसले मलाई इसारा गर्यो
मैले हात समाएर साथ दिएँ
चिर निद्राको लागि अनुमति माग्यो
बिचल्लित हुँदै अस्वीकृति दिएँ
म यसै कल्पिएँ
झर्झारौउँदो, भर्भराउँदो जिन्दगी
बेखवर मक्किएर, फोस्रिएर झरिदिन्छ
समयलाई देख्ने र चिन्ने सामर्थ्य कोसँग छर ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मायालु साथ चाहेकी थिएँ

मायालु साथ चाहेकी थिएँ के गल्ती गरें र
भरोसा तिम्रै लिएर जिएँ के गल्ती गरें र

भावना मेरो बुझेनौ कहिल्यै मान्यौ पराई
चिरियो मुटु दुखेर सिएँ के गल्ती गरें र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मायालु साथ चाहेकी थिएँ

मायालु साथ चाहेकी थिएँ के गल्ती गरें र ?
भरोसा तिम्रै लिएर जिएँ के गल्ती गरें र ?

भावना मेरो बुझेनौ कहिल्यै मान्यौ पराई
चिरियो मुटु दुखेर सिएँ के गल्ती गरें र ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तक (साँझ उदास छ)

साँझ उदास छ दिन उदास छ
हर रात हर छिन उदास छ
रंग उँडेको तस्वीर झैँ
थाहा छैन मन किन उदास छ

तिम्रो याद भए पुग्छ एक जुनी काट्नलाई
साथसँगै चाहिंदैन मन मुटु साट्नलाई
यो जिन्दगी प्रकृतिको सुन्दर उपहार हो
एक पल दिए पुग्छ मायाँ चुल्ठी बाट्नलाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तक (जीवन साथी बिचमा)

जीवन साथी बिचमा सानो सानो कुरा साटिनु पर्छ
सम्बन्ध धमिल्याउने कालो मैलो सबै फाटिनु पर्छ
प्रेमको बन्धन संधै विश्वासमा मात्र कसिलो बन्छ
त्यसैले कलह फल्ने वृक्ष जरै देखि काटिनु पर्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिमसार थियो

प्रेमलीला रचाउने सिमसार छुट्यो
मदहोस बनाउने सिमसार छुट्यो

बादलुको घुम्टो ओढी लुकामारी खेल्दै
पंक्षीहरू रमाउने सिमसार छुट्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यो जिन्दगी खोइ कस्तो कस्तो

बाहिर साउने झरी मन भित्र चैते खडेरी
नसोचेको बाहानाले पाइला लार्खाराउँछन् घरी घरी
कहिले हारे जस्तो कहिले जिते जस्तो
नभएको प्यारो भएको सस्तो
कुनै पल जितमा पनि हार
अनि
कुनै पल हारमा पनि जित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुनै पल मनले सम्झायो

कुनै पल मनले सम्झायो कुनै पल मनलाई सम्झाएँ
बेदनाको साउने झरी पल पल नयनमा लुकाएँ

आशा जलेर राग भयो भरोषा सधैँलाई तोडियो
नाचाहँदा नाचाहँदै पनि जीवनको गोरेटो मोडियो
यात्राको हरेक मोडमा सम्झौतालाई मित बनाएँ
बेदनाको साउने झरी पल पल नयनमा लुकाएँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धान (लघुकथा)

  • by

“कृष्णका बा भकारीबाट धान निकाली दिनुस् है ! आज राम्रा घाम लागेका छन्,” भन्दै मिठुले आँगनमा सुकुल बिछयाउन थाल्छिन् ।

जयप्रसाद भकारीमा पुग्नासाथ चिच्याउँदै बोलाउँछन्, “ए कृष्णेकी आमा झट्टै यता आइज त !”

चर्को स्वरले आफूलाई बोलाएको सुनेपछि मिठु पनि अत्तालिंदै भकारी राखेको कोठामा पुग्छिन् । “हैन किन यसरी कराउनुभएको ? के भयो ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जे भन्यौ ठिकै भन्यौ

  • by

सुस्तरी मनको दरबार मक्कियो
फेरि हेर्दा हेर्दै सबै भत्कियो
थाहै छैन कहिले र कसरी यस्तो भयो
ठिकै छ मलाई गुनासो पनि छैन
किनकि,
नहुनु थियो भइसक्यो, नजानु थियो गैसक्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

छिनोको चोट नखाई

  • by

छिनोको चोट नखाई पत्थर मूर्ति बन्दैन
धारिलो कुटो नभए सुकेको माटो खन्दैन
कहिले छर फर्केको दर्पण छायाँ जिन्दगी
नपरी पिर मान्छेले अरुलाई मान्छे गन्दैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मजदुरको जिन्दगी

  • by

लाज ढाक्न एउटा भोटो र धोति को जोहो गर्न
अनि, एक मुठी सास धान्नको लागि
घाम पानीको प्रवाह नगरी
बर्ष भरी नै गधा जस्तै लादिनु पर्ने
गोरु जस्तै जोतिनु पर्ने
यस्तै छ म एउटा मजदुरको जिन्दगी
मरुभूमिको छातीमा पसिनाको धारा पुछ्दै
कतै तातो घामसँग पाखुरी बजाउँछु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बसन्ती वहार छायो

  • by

बसन्ती वहार छायो तिमीलाई देखेपछि
फेरि बाँच्ने रहर जाग्यो तिमीसँग भेटेपछि

रुझेको परेली पुछ्दै हाँस्न सिकायौ मलाई
टुक्रिएको मुटु पनि गाँस्न सिकायौ मलाई
मेरो संघार उज्यालो भयो तिमीले टेकेपछि
फेरि बाँच्ने रहर जाग्यो तिमीसँग भेटेपछि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्षा (सामाजिक कथा)

  • by

कुनै समय सडकको किनारमा पङ्तिबद्ध भएर उभिएका राता, सेता र निला शिरिशका फूलहरू ढकमक्क फुलेकोले मनमोहक दृश्य देखिन्थ्यो त कुनै समय तिनै फूलहरू पात सँगै झरेर अति नै उराठ लाग्दो देखिन्थ्यो । त्यस्तै गरेर कुनै रात पारिजात र रातकी-रानी फूलहरूको मगमग बसना चल्थ्यो भने कुनै रात झुपडीहरूबाट दर्दनाक चित्कार सुनिन्थ्यो । दुई चार जना भेला भएर कुरा गर्न र कुनै सामाजिक कार्य पनि गर्न नसकिने अबस्था हुँदै गैरहेको थियो । साँच्चै नै सरकारको बर्बरता दिन प्रतिदिन बढिरहेको थियो । त्यति बेला हरेक शहर अनि गाउँ-गाउँ र टोल-टोलमा गस्तीको टोलीहरू तिब्र रुपमा खटाइएको थियो भने त्यो बर्बरता र तानाशाह को बिरुद्ध जनतामा पनि चेतनाको आगो भुसमा सल्केको आगो जस्तै प्रति घण्टा तीनसय किलोमिटरको दुरीमा फैलिरहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिन्दगीको पाठशालामा

  • by

जिन्दगीको पाठशालामा परीक्षाको लाग्छ मेला
डढेलोले खान्छ हृदय अनुतीर्ण भा’को बेला
विपत्तीको बाढी आउँदा छेकिदिने कोही हुन्न
थैली रित्तो भएपछि आफ्नाले नै गर्छन् हेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •