सम्झनाका तरेलीले म त घायल भएको छु
नियतिको खेलसँग आज कायल भएको छु
तिमीले नबुझे कस्ले बुझिदिन्छ मलाई
तिमीले नसुने कस्ले सुनिदिन्छ मलाई
विवसताको वतासले त्यसै बेहाल भएको छु
नियतिको खेलसँग आज कायल भएको छु
तिमीसँग गुनासो नपोखे कोसँग पोखौं मैले
तिमी टाढा हुन खोजे कसरी नरोकौं मैले
बिछोडको बेदनाले यसै पागल भएको छु
नियतिको खेलसँग आज कायल भएको छु
