हिमालको देश नेपाल भावना सुब्बा राष्ट्रिय कविता by भावना सुब्बाDecember 8, 20123 Commentsशान्ति प्रिय देश हाम्रो विश्वक्षेत्रको माझ उच्च उच्च हिमालहरूको रहेको छ यहाँ रास आकृष्ट पारेको छ पर्यटकहरूलाई सगरमाथाले विश्वमा नाम राख्न सफल सगरमाथाले
उत्साह मनाउने भावना सुब्बा ताङ्का by भावना सुब्बाDecember 3, 2012चिच्याएर नै यो भन्नै मन लाग्यो पापी यो मन आफ्नै खुसी लुटेर उत्साह मनाउने ।
विद्रोही बनें भावना सुब्बा हाइकु by भावना सुब्बाNovember 30, 2012विद्रोही बनें स्वतन्त्रताको लागि अप्सोच छैन । आफू जोगिन दोष थोपर्छ मान्छे अरु नै माथि ।
उर्लेर आयो भावना सुब्बा हाइकु by भावना सुब्बाNovember 22, 2012उर्लेर आयो हिउँदको याममा साउने झरी । उत्साह लिई फैलियो आगनमा मल न जल ।
बाटोहरू माथि भावना सुब्बा ताङ्का by भावना सुब्बाNovember 20, 20121 Commentतिम्रो हेराई छ बन्दुकको गोली जति खेर नै हुत्याउन सक्छौ नि यी बाटोहरूमाथि ।
खुल्ला आकाश भावना सुब्बा हाइकु by भावना सुब्बाNovember 5, 2012१. हाम्रो जीवन जिस्क्याइको उपज हैन चाहना । २. मृगतृष्णा भो बालुवामा पानी यो प्यासी नजर ।
नयन यो रसाउँछ भावना सुब्बा ताङ्का by भावना सुब्बाOctober 27, 2012बेला बखत मलाई हसाउँछ अदृष्य घाउ संयोग कि बियोग नयन यो रसाउँछ ।
गमला न हुँ भावना सुब्बा ताङ्का by भावना सुब्बाOctober 13, 2012तिम्रो रहर फूल रोप्ने रहेछ मन परेको रंगीचंगी ल्याएर सार गमला न हुँ ।
कामना भावना सुब्बा गद्य कविता भावनाका कोसेली by भावना सुब्बाOctober 11, 2012निश्चल तिम्रो मनले गरिदिन्छ निवारण निराशाको कामना गर्दछु भै उदाउ प्रकाश चारै दिशाको ती तिमीले चुनेका बाटोहरूमा सफलताले चुमिरहोस दुरदर्शीहरूले पनि तिम्रै नामको गीत गाइरहोस्
रुवाई (अचेल जिएँ लाग्छ) भावना सुब्बा मुक्तक by भावना सुब्बाOctober 8, 2012बिगतभन्दा हाँसेकी छु अचेल वर्तमानसँग साईनो गाँसेकी छु अचेल अलच्छिनी भन्छन तर बाध्यताले पोथी भए पनि बासेकी छु अचेल । कहिले आँसु पिएर जिएँ कहिले व्यथा लिएर जिएँ झिनो आशा पालेर भएपनि धातु झै खिएर जिएँ ।
कुवाएर गयौ भावना सुब्बा गजल by भावना सुब्बाOctober 5, 2012तामा तुल्सी छुवाएर गयौ वाचा कसम खुवाएर गयौ देखाएर मिठा सपना आफैले तुवाएर गयौ तोड्यौ विश्वास अनि मलाई रुवाएर गयौ
तीन रुवाई (सोच्छौ भने, झुट नसम्झ, खराब हुदैन) भावना सुब्बा मुक्तक by भावना सुब्बाSeptember 18, 2012(१) अदुवालाई हल्दी सोच्छौ भने स्वाभिमानलाई चल्ती सोच्छौ भने खै के कुरा गरौ अब म मेरो प्रत्येक कुरा गल्ती सोच्छौ भने ।
निन्द्रा भागेछ भावना सुब्बा गजल by भावना सुब्बाAugust 31, 20121 Commentमनमा कुरा खेल्दा खेल्दै निद्रा भागेछ अनेक कुरा झेल्दा झेल्दै निद्रा भागेछ परिस्थिति सुल्झाउने कोशीस गरेर भाग्यलाई पेल्दा पेल्दै निद्रा भागेछ जीवनपथमा हिडुँ भन्दा आए उतार चढावहरू आँधी हुरी छेल्दा छेल्दै निद्रा भागेछ
इच्छा शक्ति जगाउने कहिले ? भावना सुब्बा गजल by भावना सुब्बाAugust 20, 2012नेपाली जनताले राहत पाउने कहिले ? मुहारभरि हिमालको ओज छाउने कहिले ? मृगतृष्णा लाग्न थाल्यो संविधानको कुरा हर्ष पूर्ण मेला यहाँ लगाउने कहिले ?
साथ दियौ भावना सुब्बा गजल by भावना सुब्बाAugust 16, 2012पाइला चाल्न साथ दियौ यात्रा थाल्न साथ दियौ आस्था बोकी रही सदा क्रान्तिदिप बाल्न साथ दियौ
झुटो प्यारको कुरा भावना सुब्बा गजल by भावना सुब्बाAugust 7, 2012नसोध है मलाई धोकेवाज यारको कुरा निसासिँदो अनकन्टार सुनौलो बारको कुरा भक्कानो छुट्छ तर तरी झर्छ खुनको आँसु भन्नु पर्दा कोमल फूलको धारको कुरा
केवल तिमीलाई भावना सुब्बा गद्य कविता by भावना सुब्बाJuly 30, 2012कालरात्रीपछि प्रत्येक बिहानीको सुनौलो किरणमा तिमीलाई पाउँछु पाइरहेर तिमीलाई दिवाकालको कार्य शुभारम्भ हुन्छ
पाँच रुवाईहरू भावना सुब्बा मुक्तक by भावना सुब्बाJuly 18, 2012एक असिनाको विल्ने बानी बारुलाको चिल्ने बानी मानिसमा भएको खराबी औला दिंदा डुडुल्लो निल्ने बानी ।
एक छिन सम्झें भावना सुब्बा गजल by भावना सुब्बाJuly 7, 20121 Commentआफूले खाएको ऋण सम्झें भाका नाघ्यो र घिन सम्झें त्यति बेइमान हैन जति ठान्यौ दुःखमा साथ पाएको दिन सम्झें
कोर्रा लगाई डाँडा कटाओस भावना सुब्बा गजल by भावना सुब्बाJuly 4, 2012नेताहरूलाई संविधान बनाउने भोक लागोस देशमा शान्ति कायम राख्ने तृष्णा जागोस झुटा आशा जगाएर मुख थुने जनताको बाचा पुरा गर्ने सर्तमा फेरि भोट मागोस