Skip to content

भावना सुब्बा

कलम तिमीलाई अभिनन्दन

सल्यक्रिया पछि उठेको
मेरो कलम दौडदैछ आज
थलिएर बस्यो निक्कै दिन
तन, मन, धन खर्चेर
म सेवामा जुटे
भोक, प्यास, दिन, रात, झरी
बादल, पानी केही भनिन

जीजीविषा बोक्ने बाहना गर्दैछ

१)
तिम्रो मनलाई धर्मशाला बनाएछौ
साच्चै नै आफ्नो जात जनाएछौ
आफुमा निहित कमीकमजोरीहरू
र्निधक्क भइ अरुमाथि खनाएछौ ।

पानी जस्तो निर्मल मन ठान्न भुल गरेँ

मरुभूमि माझ पुगे पनि रुँदिन म अबदेखि
काँडा भनेर जानी जानी छुँदिन म अबदेखि

जीवन नै सुम्पेकोथे तिमीलाई घात गर्यौ
भुलेर तिम्रो नजरमा हुँदिन म अबदेखि

मेरो परिचय

मेरो परिचय माग्यौ
मैले दिन सकिन त
आजसम्म जतिले
तिम्रो परिचय देऊ भन्दा
या मेरो परिचय माग्दा
या मैले आफ्नो परिचय
दिनु पर्दा भन्ने गरेकी थिए
म फलानोको नातिनी
म फलानोको छोरी

उज्यालो छाउन घाम जुन साचेको छु

सवाल – भावना सुब्बा

सुल्ला आकाशको खोजीमा छु
शीतल बतासको खोजीमा छु
अध्यारोमा कति बसौ म
त्यसैले प्रकाशको खोजीमा छु

मान्छेले

मौका दिइयो र त कुरा काट्यो मान्छेले
आफ्नो गलती लुकाउन ढाट्यो मान्छेले

स्वार्थको पोको बोकी हिड्दा हिड्दै
आफूले नै थुक्या थुक चाट्यो मान्छेले

आफ्नो मतलव पुरा गर्नको लागि
आश्वासनको पोयो बाट्यो मान्छेले

तिम्रो उल्लासमय वातावरणमा (सवाल जवाफ)

सवालः भावना सुब्बा
तिम्रो अन्तर हृदयको सुस्केरा बुझ्न सकिन त
तिम्रो नयनहरूमा छछल्कीएका आँसु पुछ्न सकिन त
माफ गर मलाई लाचारीको रोगले ग्रस्त बनायो
तिम्रो उल्लासमय वातावरणमा रुझ्न सकिन त

जवाफः लक्की तारा
मेरो अफ्नो भन्नु तिमी मात्रै हौ नि
लाखौ विच गन्ने तिमी मात्रै हौ नि
आश्वासन दिन धेरै आए प्रिया
मर्म बुझ्ने धन्य तिमी मात्रै हौ नि

LuckyTara-BhabanaSubba

घर छाडी टाढा आए (सवाल-जवाफ)

सवाल : लक्की तारा

घर छाडी टाढा आए जंगलको बास
दुनियामा अरु होइन केवल तिम्रो आस
प्रतिभाको धनी प्रिया अझै अघि बड्नु
कमजोर कहिल्यै नहुनु है तिमी भित्र खास ।

परपीडामा मलम पट्टि सेकेको छ कस्ले

आजै केही गरौ भोलि देखेको छ कस्ले
पहाड भै आधी हुरी छेकेको छ कस्ले

जाति भाषा एकल शासन चलाउदै आए
जात जातिको संविधान लेखेको छ कस्ले

रोज्छन सबै चुम्नलाई राम्रा राम्रा फूलहरू
हेर आज काँडाहरू टेकेको छ कस्ले

पुनरावृति

भौतारीदैछ
खुशीले मस्त मन
प्यास अनौठो

हुस्सुले ढाक्यो
डाँडा माथी छ घाम
छाँया ओझेल

प्रेरणा दायी
नेपाली साहित्यमा
ती भानुभक्त

नेताको वात
उर्लिएको वाढी झै
जिव्रोको स्वाद

आशाको त्यान्द्रो
जन संविधानको
पुनरावृति