नसोध है मलाई धोकेवाज यारको कुरा
निसासिँदो अनकन्टार सुनौलो बारको कुरा
भक्कानो छुट्छ तर तरी झर्छ खुनको आँसु
भन्नु पर्दा कोमल फूलको धारको कुरा
फूलको झ्याङमा सर्प बस्छ थाहा थिएन त
कहाली लाग्दो छ साथी अत्याचारको कुरा
तितो हुन्छ साँचो, सत्य यथार्थ त बरु
त्यसैले त नबुझ्नु झुटो झुटो प्यारको कुरा ।।
