एक
असिनाको विल्ने बानी
बारुलाको चिल्ने बानी
मानिसमा भएको खराबी
औला दिंदा डुडुल्लो निल्ने बानी ।
दुई
भए जति कुरा विकार हुँदैनन्
देखिएका वस्तु सिकार हुदैनन्
छुट्याउन सक्ने क्षमता छ हामीमा
त्यसैले प्रत्येक शब्द तिरस्कार हुदैनन् ।
तीन
शान्तिको ध्वनी गुन्जाउने देश
सधैं हिमालको गीत गाउने देश
आज अशान्ति मच्चिएको छ
जनक, बुद्ध, फाल्गुनन्द जन्माउने देश ।
चार
घाउको खाटो भयौ तिमी
भिरको माटो भयौ तिमी
न खुसी हुन्छौ न त दिन सक्छौ
कोही नहिंडने बाटो भयौ तिमी ।
पाँच
कसैले भने ढंग नभएकी मान्छे
कसैले भने उमंग नभएकी मान्छे
तर ज–जस्ले जे भनेता पनि
आखिर म छुइन आफ्नै रंग नभएकी मान्छे ।
