Skip to content

इच्छा शक्ति जगाउने कहिले ?


नेपाली जनताले राहत पाउने कहिले ?
मुहारभरि हिमालको ओज छाउने कहिले ?

मृगतृष्णा लाग्न थाल्यो संविधानको कुरा
हर्ष पूर्ण मेला यहाँ लगाउने कहिले ?

संक्रमित किटाणु र भाईरस सक्रिय छन
लागी परी त्यसलाई भगाउने कहिले ?

सम्पूर्ण देशवासीको निम्ति नेताहरूले
आफ्नो स्वार्थ ढलमा बगाउने कहिले ?

हत्या हिंसा तोडफोडमा उक्साउँछन सबै
काम गर्ने इच्छा शक्ति जगाउने कहिले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *