Skip to content

भावना सुब्बा

आऊ हामी संरक्षण गरौं

हरियो वन नेपालको धन प्राकृतिक उपहार
कस्तुरी मृग डांफे र मुनाल यसको श्रृंगार
आऊ हामी संरक्षण गरौं यसको
उच्च शिखर स्वच्छ हिमाल देशको गौरव
सुन्दर शान्त विशाल नेपाल पुर्खाको पौरख

भो अब नतर्साऊ

नतर्साऊ जति तर्साउनुथ्यो तर्साई सक्यौ
भो अब कष्ट नगर
तिम्रा ती प्रयासहरु अधुरा अपुरा रहन्छन
अस्ताएको घाम झै
ओईलिएको फूल झैँ
पानी सुकेको खोला झै
अनि फूकी रहन्छौ ढुङ्ग्रा

फेरी फागुनन्दले जन्म लिनु पर्छ

सेतो परेवाहरु उडाउंदै सृजनाको बिजारोपण गरी
नविन अंकुरा उमारी
किरांत आकाश भरी
एकताको अजम्बरी फूल फूलाई
नचुडिने माला उन्नु पर्छ

तिम्रो आगमन

तिम्रो आगमन कर्णप्रिय वचन
नम्रता, धैर्य साथै अन्याय बिरुद्ध
उठने आवाज देख्दा
ओखर जस्ती तिम्रो उपस्थितीमा
बेली चमेली सम्झी भमरा भुनभुनाउँछ,
गुनगुनाउँछ मन, पवन अनि वादल, चट्टान अनि धुलो

मृगतृष्णा

मेरो निकट तर अघोषित पात्र तिमी
हेर्न सक्छु छुन सक्दिन आकाश
महसुस गर्न सक्छु छाम्न अनि देख्न सक्दिन पवन
देख्छु मात्र अदृष्य पवनका स्पर्शले हल्लाएका रुखका पातहरू
कहिले कहाली लाग्दो रुप लिएर आउँछ

दोष के छ भन प्रिय

दोष के छ भन प्रिय रिसायौ नि त्यसै
अमृतमा जहर तिम्ले मिसायौ नि त्यसै

शिखरतिर बढदै थिए उमंगका पाइला
के सोचेर अनायासै बिसायौ नि त्यसै

जिज्ञासा

बिहानी सुर्योदयसंगै अचानक प्रहरीहरु घरमा आएर भने, “रामचन्द्रलाई लिन आएका, ड्राईभर कुटपिट गरेको आरोप छ उहाँलाई” घरका सबै सदस्य छक्क परे, कसैको बोली फुटेन ।

परिवर्तन

म एकै क्षण जेलबाट निस्किएर
नखुलेको आकाशबाट फुत्किएर बन्धनमुक्त भएँ
खै कसरी ब्यक्त गरूँ तिमी सामु
खै कसरी पोखुँ भावना
सम्हालिन नसकेर पोखिएँ म
उम्लिएको पानी झै
छरिए म, च्यातिएका फूल झै

BhawanaSubba-02

ढुङ्गा

ढुङ्गा आफ्नै कुरुपता दर्शाएर
बाँचिरहेछ स्वाभिमानले
हामीले ढुङ्गालाई कठोर भन्यौ र मान्यौ पनि
नौनी झैँ नपग्लेकै कारण ऊ ढुङ्गा भयो
इतिहास छैन ढुङ्गा पग्लेको
कथा लेखिएन ढुङ्गा गलेको

आमा आशिक दिन कन्जुस नगर

मलाई थाहा भयो आमा
आशिक दिन कन्जुस गरेछौ
नत्र मेरो यात्रा
गन्तब्यमा बढेको पाइला त्यसै किन रोकिन्थे ?
के मैले छोरी भएर जन्मनु भुल गरें ?
के म तिम्रो सन्तान हैन ?

यात्राको शुरुवात

एकान्त यात्राबाट
धेरै पटकको पहल पछी
निस्केकी छु प्रकाशको खोजीमा
डुब्दै कल्पनामा
सतह देखी गहिराइमा पौडीदै गहिरीएर
नाप्न नसके झै समुन्द्रको गहिराइ
‘चेली’संग म
त्यो उद्यानमा जहां हामी रमाउछौं
हराउछौं
हात समाउंछौ साथ हिड्छौ
रमाउंदै एउटै भाकाहाली गीत गाउंछौ
गुनगुनाउंछौ, भवरा झै फूलमाथी भुनभुनाउंछौं
मौरीले फूलको रस चुसी मह बनाए झै
हामी पनि मह बनाउंछौ
जसले जनसमुदायको मन छुन्छ
एकअर्कासंग भावना साट्दै चाहना बाट्दै
बहना भत्काउंदै
एकै डोरीको मालामा उनिदै
लक्ष्य चुम्न गगनचुम्बी क्षितीजसम्म
हातमाथी हात, कांध, साथ दिंदै यात्रा गर्दै
अघि बढ्न चाहन्छौ एकै रथमा ।।

तुलना

बाढी आएपछि बाध्यतावस खोला
किनाराका पशुपंक्षीहरू बसाईं सर्छन तर
हामीहरू पशुपंक्षीहरू जस्तो उन्मुक्त
स्वतन्त्र कहाँ छौं
पिंजडा अदृष्य छ
जसलाई सहर्ष पानी सम्झी पिउनु छ ।

पहल गरें

सिद्धान्तभन्दा ब्यबहार पढ्न पहल गरें
नितान्त लक्ष्यतिर बढ्न पहल गरें

धेरै बसें स्तब्ध भै गोडा खुम्चाएर
खुशीको हिमशिखर चढ्न पहल गरें