Skip to content
BhanwanaSubba-04


आफूले खाएको ऋण सम्झें
भाका नाघ्यो र घिन सम्झें

त्यति बेइमान हैन जति ठान्यौ
दुःखमा साथ पाएको दिन सम्झें

गुणको बदला गुणले तिर्न नसक्दा
आफूले आफैंलाई हिन सम्झें

हाम्रो विगत नै वर्तमान रहेछ
त्यसैले फर्केर एक छिन सम्झें ।

1 thought on “एक छिन सम्झें”

Leave a Reply

Your email address will not be published. Required fields are marked *