माया भन्ने चिजै कस्तो भित्र भित्रै लुक्दो रैछ
आफ्नोसँग बिछोडहुँदा भक्कानो नैं फुट्दो रैछ
सम्झनाले सताएर मनको बाँध फुटेपछि
रुँदा रुँदा आँसुपनि रित्तिएर सुक्दो रैछ
बाध्यतामा गाउँघर छोडी बिदेशतिर आउनु पर्दा
आफ्नै देशको धर्ती सम्झी मुटु सार्है दुख्दो रैछ
हातमुख जोर्न बिदेशीको गुलाम बन्नु परेपछि
स्वाभिमानी मान्छेको नि आफै शीर झुक्दो रैछ
हजारौं इमान्दारी बटुलेर के भयो र?
ॠणको भाखा एक दिन नाघ्दा साहु भन्नेले थुक्दो रैछ
