Skip to content

स्वदेशमै जीविका गरेकैमा खुसी छु


स्वदेशमै जीविका गरेकैमा खुसी छु
सुख दुख दुबै छाक टरेकैमा खुसी छु

कमाउने रहर कसलाई पो हुन्न र?
मेहनत गरी घरमा मानो भरेकैमा खुसी छु

बाध्यताले बिदेसिने दाजुभाइको पीडा सुन्दा
परेदेशतिर जाने इच्छा मरेकैमा खुसी छु

ठुलाबडाको कमाउने फोहरी धन्दा देख्दा खेरी
सर्बसधारण नागरिकभित्र परेकैमा खुसी छु

कहिलेकाहीँ पुर्खाको थलो याद आए पनि
पहाडबाट मधेशतिर झरेकैमा खुसी छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *