मुखले मात्र नारी पुरुष बराबर भन्ने गर्छन्
महिला अघि बढ्दा पुरुष तगारो बन्ने गर्छन्
आफ्नो हैकम लाद्न खोज्छन् पुरुषहरू सधै
जीवनभर श्रीमतीलाई घरकी दासी ठान्ने गर्छन्
बिभेद खप्न बाध्य छन् गाउँघरतिर दिदी बहिनी
आफ्नो हक खोज्दा उल्टै खुट्टा मात्र तान्ने गर्छन्
बैज्ञानिक बनिसके अरु देशका महिलाहरू
हाम्रो यहाँ अझै पनि तेस्रो दर्जा गन्ने गर्छन्
बाहिरी संसार थाहा हुन्न काममा मात्र बित्छ जीवन
पढाइ छोडी उनैले नैं घरको धन्दा धान्ने गर्छन्
