Skip to content

कुर्सीकै खेल गर्ने भए


कुर्सीकै खेल गर्ने भए नआऊ नेता भोट माग्न
संबिधान त्यसै टर्ने भए नआऊ नेता भोट माग्न

लुट्नु लुट्यौ ढुकुटी खोक्रो पारी देशलाई
आफ्नै खल्ति भर्ने भए नआऊ नेता भोट माग्न

कतिन्जेल सहने हो बिदेशीको दब्दबा
तिनकै शरण पर्ने भए नआऊ नेता भोट माग्न

चुनाब आउँदा गाउँ पस्छौ फर्किंदैनौ जितेपछि
शहरतिरै सर्ने भए नआऊ नेता भोट माग्न

जनता छन् बिपत्तिमा सहयोग गर्ने कोही छैन
टुलुटुलु हेर्ने भए नआऊ नेता भोट माग्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *