बेरोजगार बन्नु पर्दा काम खोज्दै हिंडे म
खान नपाई भोकै पर्दा माम खोज्दै हिंडे म
धन सम्पत्ति सबै चिज रहेछ संसारमा
घरको चुलो नबल्दा दाम खोज्दै हिंडे म
अनयास परिचय बदलियो गरिबीले
एकाएक मेटिएको नाम खोज्दै हिंडे म
अन्यायको कुहिरो भित्र सधैभरि बस्नु कति
हिम्मत बढाई न्यायको घाम खोज्दै हिंडे म
धनीको मन्दिरभरि लावा लस्कर देख्दा खेरि
देशदेखि बिदेशसम्म धाम खोज्दै हिंडे म
