Skip to content

जनतालाइ गुमराहमा पार्न नखोज


जनतालाई गुमराहमा पार्न नखोज
असारमै गराऊ चुनाब सार्न नखोज

सत्ता सयर गर्यौ जब फेर्न थाल्यौ बोली
सहमति लागु गर टार्न नखोज

छलछाम जालझेल बुझिसके जनताले
षडयन्त्रका बिउहरू उमार्न नखोज

स्वीकार्य हुन्न कहिल्यै बैदेशिक हस्तक्षेप
बिदेशीको दैलो दैलो चहार्न नखोज

पहिचानसहितको संघियता संघियतासहितको संबिधान
जनताको आवाज हो यो मार्न नखोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *