Skip to content

अबिश्वासको फोका फुट्न अझै सकेन


अबिश्वासको फोका फुट्न अझै सकेन
दलहरू बिच सहमति जुट्न अझै सकेन

सत्ता पाए सबै ठिक नत्र आन्दोलन
नेताहरूको कुर्सी मोह छुट्न अझै सकेन

हत्या हिंसा बलत्कारले आक्रान्त भो देश
अपराधका श्रीङ्खला टुट्न अझै सकेन

कमाइखाने भाँडो बन्दैछ अचेल राजनिति
देश भ्रष्टाचारको दलदलबाट उठ्न अझै सकेन

अर्थहिन बार्ताहरू लम्बिने हो कहिलेसम्म?
निकासको ढोका खुल्न अझै सकेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *