Skip to content

अरुलाई के दियौ आफैले कमायौ

MukundaPoudel


अरुलाई के दियौ आफैले कमायौ
निमुखा जनतालाई झुटा सपना थमायौ

देशको सेवा होइन पेसा ठान्यौ राजनीतिलाई
सबै बिर्सी सत्ताको गुलियो मै रमायौ

स्वाधिनताको नारा दिदै चर्का भाषण गरे पनि
मन भित्र राष्ट्रघातको बिउहरू जमायौ

शहिदले बगाएको रगतमाथि कुल्चिदै
सत्ता पाउन बिदेशीको आखिर पाउ समायौ

सधैभरि नेपालमा द्व्न्द मात्र चर्काएर
गरिब यो मुलुकलाई झन् गरिब बनायौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *