Skip to content

परिचय भो नदेऊ, मैले तिमीलाई चिनी सकेँ

भन्यौ तिमीले धनमा, मैले मायाँ किनी सकेँ
परिचय भो नदेऊ, मैले तिमीलाई चिनी सकेँ ।।

तिमीले त मलाई हैन, सोच्थेँ मेरो मायाँ रोज्यौ
मैले तिमीलाई मायाँ दिएँ, तर तिमीले धन खोज्यौ ।।
धन-रुपी बचन तिम्रो, प्रहारैले छिनी सकेँ
परिचय भो नदेऊ, मैले तिमीलाई चिनी सकेँ ।।

ठुलो भुल गर्यौ तिमीले, मायाँ गर्ने मान्छे चिन्न
मैले जस्तो मायाँ गर्ने, पाउने छैनौ मान्छे किन्न ।।
अब मलाई भेट्ने छैनौ, म त अन्तै हिनी (हिँडी) सकेँ
परिचय भो नदेऊ, मैले तिमीलाई चिनी सकेँ ।।

भन्यौ तिमीले धनमा, मैले मायाँ किनी सकेँ
परिचय भो नदेऊ, मैले तिमीलाई चिनी सकेँ ।।

पुस्कल पौडेल (—प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *